विद्यार्थीमा एचआइभीः अभिभावकले विद्यालय पठाउन छाडे बालबालिका

बाँकेको एक विद्यालयमा अध्ययनरत एक जना बालिकालाई एचआइभी संक्रमण भएको थाहा पाएपछि अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

राप्तीसोनारी गाउँपालिका–८ बालापुरस्थित जनशक्ति माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययन गर्ने बालिकामा एचआइभी संक्रमित भएको थाहा पाएपछि अभिभावकहरूले आफ्ना बालबालिका विद्यालय पठाउन छाडेका हुन् । पछिल्लो एक हप्तादेखि कक्षा १ मा ४÷५ जना मात्र विद्यार्थी उपस्थित हुने गरेका छन् ।

उक्त कक्षामा १७ जना बालबालिका अध्ययनरत छन् । एचआइभी सर्ने भन्दै अभिभावकले विद्यार्थी पठाउन छाडेका हुन् । विद्यालयका प्रधानाध्यापक मोहन खत्रीले पनि ती बालिका एचआइभी संक्रमित भएको थाहा पाएपछि अन्य अभिभावकहरूले आफ्ना बालबालिका विद्यालय पठाउन छाडेको बताए । ‘आफ्ना बालबालिकाहरूलाई पनि सर्छ कि भन्ने गलत बुझाई अभिभावकहरूमा पर्न गएको छ, उनले भने,‘सम्झाउने प्रयास गरिरहेका छौँ । बिस्तारै अभिभावकहरूले बुझ्नुहोला ।’ उनले शुक्रवार अभिभावक भेला समेत बोलाइएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले पनि कक्षा १ मा अध्ययनरत बालिकामा एचआइभी संक्रमित भएको थाहा पाएपछि अभिभावकहरूमा त्रास फैलिएको बताए । ‘एचआइभी सङ्क्रमितसँगै बस्दा, सँगै खाँदा र खेल्दा नसर्ने भए पनि अभिभावकहरूमा चेतनाको अभावका कारण गलत बुझाई देखिएको छ, उनले भने । बुवा र आमा दुवै एचआइभी संक्रमित हुँदा चार वर्षीया ती बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो ।

विद्यार्थीमा एचआइभीः अभिभावकले विद्यालय पठाउन छाडे बालबालिका

भाद्र ४ गते कर्णालीमा सार्वजनिक बिदा

विद्यार्थीमा एचआइभीः अभिभावकले विद्यालय पठाउन छाडे बालबालिका

सात वर्षदेखि थन्कियो एक्सरे मेसिन