भूकम्प प्रभावितलाई राहत वितरण


जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा–६ मा बिहिवार भूकम्प प्रभावित सात सय भन्दा बढी परिवारका लागि १ हजार ३ सय भन्दा बढी सेटहरुमा राहत वितरण गरिएको छ ।

प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालय संग सहकार्य गरेर वितरण गरेको हो । वितरण बिहिवार र शुक्रवारसम्म चल्नेछ ।

बिहिवार वडा अध्यक्ष वीरेन्द्र खड्काको अध्यक्षतामा नलगाड नगरपालिका वडा न ६ ले एक औपचारिक कार्यक्रम गरि वितरण सुरु गरेको हो । कार्यक्रममा प्लान इन्टरनेसनलको तर्फ बाट रमेश धिमिरे, स्याक नेपालको कार्यसमिति सदस्य अकबर खान, कार्यपालिका सदस्य कुमारी बिक लगाएत को उपस्थिति रहेको थियो ।

दुईवटा विद्यालय श्री वीरेन्द्र प्रा. वि. का ७८ जना र श्री कालिका आधारभूत विद्यालय का १ सय २६ जना बालबालिकाहरुका लागि करिब ३ हजार ५ सय बराबर को विद्यालय कीट अभिभावक मार्फत वितरण गरिएको हो ।
त्यसैगरि घर परिवारका लागि सरसफाई लगाएतका अतिआवश्यक सामान ३ हजार २ सय ४७ रुपैयाँ बराबरको १ सय परिवार लाई वितरण गरियो ।

गर्भवति तथा सुत्केरीहरुका लागि पोषण युत्त पौस्टिक आहार सहितको ३११० रुपया बराबरको २५० जनालाई वितरण गरेको छ ।

त्यसै गरि जेष्ठ नागरिक तथा परिवारका लागि व्लाङ्केट, सुईटर, टोपी र अन्ने लत्ताकपडा सहित ९ हजार ५ सय ८२ रुपैयाँ बराबरको २ सय ५० घरपरिवार वितरण गरेको छ ।

भूकम्पले क्षेती भएका घर उत्खनन तथा पुनर्निर्माण मा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगाएतका सामाग्री सहितको २ हजार ६ सय बराबरको २ सय ५० सिकर्मी, डकर्मीहरुका लागि वितरण गरिएको स्याक नेपालका जाजरकोट कार्यक्रम संयोजक रेशम चन्दले जानकारी दिए ।

महिला तथा किशोरी हरुका लागि सरसफाइ लगाएत अतिआवश्यक ३ हजार ८ सय ८१ रुपैयाँ बराबरको १ सय जना लाई भोलि वितरण गरिने चन्दले जानकारी दिए ।

जाजरकोट तथा रुकुमपश्चिमका विभिन्न पालिकाहरुमा यसरिनै वितरण गरिने स्याक नेपालका कार्यसमिति अकबर खानले बताए ।

२०८० कार्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुमपश्चिम मा १५७ भन्दा बढिको मृत्यु भएको थियो भने हजारौं को संख्यामा प्रभावित भएका थिए ।

जाजरकोट र रुकुमपश्चिममा बिगत देखिनै प्लान इन्टरनेसनल संग को साझेदारीमा स्याक नेपाल राहत तथा पुन निर्माणको काममा काम गरिरहेको स्याक नेपाल का कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए ।
यश अधि विभिन्न ठाउँमा अस्थायी सिकाई केन्द्र, सामुदायिक खानेपानी, जिबिकोपार्जनमा पनि काम गरिरहेको आचार्यले बताए ।

भूकम्प प्रभावितलाई राहत वितरण

गर्भवती र कुरुवालाई निःशुल्क खाना