करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन् ।
घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिवार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए ।
उनलाई उपचारको लागि मेहलकुना अस्पताल पु¥याएकोमा अस्पतालले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ ।






