बाबियाचौरमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न


महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बावियाचौर, सुर्खेतमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा महिलाहरुलाई कर्जा र बचत सम्बन्धि, व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी भिडियो मार्फत स्पष्ट पारिएको थियो ।

उक्त वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम फाल्गुन ३० गते र चैत्र २ गते गरि दुई चरणमा गरिएको हो । साथै सो कार्यक्रममा ७८ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यस कार्यक्रममा चौकुने गाउँपालिका वडा नं.९ का वडाअध्यक्ष कविराम खनाल, युवा तथा समाजसेवी जीवन ढुङ्गाना, यसै संस्थाका कर्णाली प्रदेश प्रमुख श्री प्रकाश बहादुर चन्द, शाखा कार्यालय विरेन्द्रनगरका शाखा प्रबन्धक शेरबहादुर सिंह,शाखा कार्यालय बावियाचौरका शाखा प्रबन्धक आयुष न्यौपाने, कर्मचारी सागर कुमार थापा, नगेन्द्र बहादुर बुढा , गिता कुमारी न्यौपाने लगायत उपस्थिति रहेको थियो ।

यस वित्तीय संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरिने संस्थाका प्रदेश प्रमुखले बताए ।

सो कार्यक्रममा बैशाख देखि फाल्गुन सम्मको मुल्यांकनको आधारमा उत्कृष्ट भएका केन्द्रहरुलाई विभिन्न ९ वटा विधामा प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।

बाबियाचौरमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2080-12-02)

बाबियाचौरमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

उपभोक्ता अधिकार दिवसमा जुम्लामा प्रभातफेरी