सुर्खेत गोली काण्ड– गिरीमाथि गोली हान्ने मुख्य योजनाकारलाई प्रकाउ गर्न प्रदर्शन


सुर्खेत जिल्ला अदालत बाहिर तरुण दलका जिल्ला सदस्य विनोद गिरीका आफन्तले विभिन्न पेलेकार्ड सहित प्रदर्शन गरेका छन् ।

गत फागुन १२ गते भएको गोली प्रहारको प्रयासमा मुख्य योजनाकार प्रकाउ नगरेको भन्दै गिरीका आफन्तले प्रदर्शन गरेका हुन् ।

सोमबार गिरीका आफन्तले निर्दाेष नफसोस दोषि नउम्कोस, गोली हानि ज्यानै लिने संगठित अपराधीहरुको जालोसम्म कहिले पुग्छ प्रहरी र पिडितले सुरक्षित महसुस हुन अझै कति कुर्नु पर्ने ? जस्ता पेलेकार्ड बोकेर प्रदर्शन गरिरहेका हुन् ।

गत फागुन १३ गते गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको थियो ।

प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थिए । तर, घटना घटेको महिनौ पुग्दासम्म पनि प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई समात्न सकेको छैन ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो ।

भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिको रुपमा सार्वजनिक गरेको थियो ।

सुर्खेत गोली काण्ड– गिरीमाथि गोली हान्ने मुख्य योजनाकारलाई प्रकाउ गर्न प्रदर्शन

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

सुर्खेत गोली काण्ड– गिरीमाथि गोली हान्ने मुख्य योजनाकारलाई प्रकाउ गर्न प्रदर्शन

कर्णालीका ४२ सय घरधुरी दूषित पानी पिउन