बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड संचालनमा आएको छ । अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि एकतर्फी रुपले खुलेको प्रहरीले जनाएको छ ।

कालिकोटको चौखोलामा गएको पहिरोले कालिकोट–जुम्ला खण्ड अवरुद्ध भएको थियो । कर्णाली राजमार्ग खुलेपछि हिजोदेखि बाटोमा अलपत्र यात्रुवाहक र मालवाहक गाडी गन्तव्यतर्फ लागेका छन् । पानी पर्ने बित्तिकै पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ । कालिकोटको खाडाचक्र–१० चौखोलानजिकै घरजत्रा ढुंगासहित पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएकामा ३० घन्टापछि खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए ।

‘हिजोदेखिको प्रयास बल्ल आज सफल भयो,’ उनले भने, ‘चौखोलामा घरजत्रा ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था रहेकाले सडक खुल्न ढिलाइ भएको हो ।’कालिकोटको चौखोला, टाकुल्ला लगायतका ठाउँको पहिरो पन्छाएपछि सडक सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

गुमनाम रुपी छहरा पहिचान गर्न पुग्यो प्राविधिक

बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

भेरी अस्पतालको स्वास्थ्य सेवा सुधार हुँदै