सम्पादकीय: आफ्नो अधिकार खोज्दा अरुको हनन् भयो कि ?

समाज समय अनुसार धेरै कुरामा परिवर्तन भैरहेको हुन्छ । जसमा त्यहाँ रहेका मानिसको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र त्यो ठाउँको नीति, नियम तथा कानुनको कुरा समेतले तय गरेको हुन्छ । हाल नेपाली समाजमा पनि त्यस्ता धेरै कुराहरुको परिवर्तन एकै पुस्ताले धेरै भोग्ने निश्चित प्राय छ ।

अहिलेको समाज कता जाँदैछ भन्ने कुरा त आँकलन गर्ने मात्र हो । समाजलाई सभ्य बनाउने कुरा त्यहाँ रहने मानिसमा कति कुरा भर पर्छ भने कति कुरा आयातितले समेत प्रभाव पारेको हुन्छ । जसलाई सकारात्मक रुपमा ग्रहण गरेमा विकास हुन्छ भने ग्रहण गर्ने तरिका यदि गलत भयो भने समाज सभ्य समाज नरहने कुरामा दुईमत छैन ।

अहिले यहि मध्येको समाजमा अहिले व्यापक चर्चामा रहेको सम्बन्ध बिच्छेद र बलात्कारका मुद्धा । नेपालमा सिमान्तकृत, पिछडिएको क्षेत्र र महिलाका लागि विषेश अवस्थामा, विषेश तरिकाले, थप महत्व दिएर उनीहरुको असहजताको सुनुवाई गर्ने भनेर विषेश नै कानून बनेका छन् । जसअन्तर्गत महिलाको विषयमा पनि यस्ता थुप्रै कानून छन् जसले सामान्य एउटा महिला जसको पहुँच छैन, शिक्षा छैन तर वास्तवमा उनी पीडित छिन उनका लागि ति कानून बास्तवमा सबैभन्दा नजिकको आफन्त हो । जसले उनका असहजतालाई सहजिकरणका लागि महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोही र केही नहुने वास्तविक पिडीतलाई न्याय दिलाउन त्यो कानून वास्तवमै असाध्यै राम्रो र कसैको मृत्युको मुखबाट जीवन बाँच्ने आशा जगाउने एउटा जादुको छडि हो भन्दा अनुपयुक्त हुँदैन ।

जसले समाजका पिडामा रहेको एक महिलाको दोस्रो जीवनदान गरेको छ । तर अहिले हाम्रो समाजमा त्यहि असहायका लागि बनेका कानूनमा टेकेर टाठाबाठा महिलाहरुले आफ्नो जिन्दगी त बर्बाद गरेका त छन् नै साथ साथै आफुसंग जोडिएका नाबालक सन्तानको बिचल्ली बनाएका छन् । एउटा सुन्दर परिवार उजाड बनाएका छन्, कसैको बसिबसाउ घर उजाड बनाएका छन् एक जनाका कारण अन्य थुप्रैका जीवनलाई बर्बाद पारेका छन् ।

पुरुष ठिक महिला बेठीक भनेको पक्कै होईन तर कोही गलत भयो या छ भन्ने थाहा पाएपछी उसका कमजोरीलाई सकारात्मक तरिकाले सहि बाटोमा ल्याउने कि उल्टै आफुपनि त्यहि गलत बाटो हिड्ने ? निर्णय क्षमता कमजोर हुनु र समाजको स्वतन्त्रता भनेको छाडातन्त्र हो भनेर बुझ्नुले यसलाई प्रसय दिएको पाईन्छ । वास्तविक पिडित र कमजोर महिलाका लागि बनेका कानूनमा टेकेर कयौं शिक्षित तर गलत प्रबृत्ति भएका महिलाले त्यही कानुनको भ¥याङ चढेर जिन्दगी बर्बाद गरेका छन् । सबै महिला खराब छैनन भन्दै गर्दा सबै महिला ठिक छन् भनेर भन्ने अवस्था पनि त छैन ।

हो शिक्षित भएका छन, आफै आफ्नो लागि आर्थिक जोहो गर्न सक्छन् के त्यसको मतलव अब उनीहरुले सामाजिक मुल्य मान्यताको केही अर्थ छैन र ? त्यसो त पक्कै होईन होला क्यारे ? उसलाई पनि सामाजिक मुल्य मान्यता र आफ्नो संस्कृति र आफ्ना गलत प्रबृत्तिका कारण समाजलाई गलत असर पर्न त भएन नि हैन र ?

हो परापूर्वकालदेखि महिला शिक्षित थिएनन । उनीहरुलाई घरभित्र चुलो चौकोमा सिमित राखिन्थ्यो बच्चा जन्माउने र हुर्काउने मेसिनको रुपमा हेरिन्थ्यो । जसको कुनै आर्थिक तुलना हुन्थेन नगदमा हिसाव गरिन्थेन । अहिले समय र समाज परिवर्तन भएको छ जहाँ पुरुष बरावर उनीहरु शिक्षित छन् आफ्नो आगि आवश्यक पैसा आफै कमाउँछन् उनीहरुपनि पुरुषसङ्गसङ्गै काम पनि गर्छन र घरको पुरानो काम पनि सम्हालेकाछन् । जसले गर्दा उनीहरुमा अलिकति आत्मविश्वास बढ्नु अनौठो विषय रहेन ।

र पुरुष जस्तै स्वतन्त्र भएर पंक्षीजस्तै उड्ने सपनाको पखेटा काट्नु हँुदैन । तर स्वतन्त्रता भनेको समाजलाई गलत संस्कार अङ्गाल्न बाध्य बनाउनु भन्ने पनि त होईन । स्वतन्त्रता भनेको उ स्वतन्त्र भएर उसले चाहेका कार्य गर्न पाउनु हो तर उनीहरुले आफ्नो स्वतन्त्रता खोज्दै गर्दा त्यसले अरुको स्वतन्त्रता कतै हनन त भएको छैन भन्ने कुरा एक्काईसौ युगका नारीले ध्यान दिनुपर्छ । किनकि महिला एउटा महिलामात्र होईनिन उनी कसैकी छोरी, कसैकी श्रीमति, कसैकी आमा हुन त्यसैले उनले ति सबै भूमिकालाई कुशलतापूर्वक निभाउन सक्ने नारीलाई केहि गलत आचरणका नारीले गर्दा बद्नाम समेत गरेका छन् ।

सम्पादकीय: आफ्नो अधिकार खोज्दा अरुको हनन् भयो कि ?

जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद सेवा

सम्पादकीय: आफ्नो अधिकार खोज्दा अरुको हनन् भयो कि ?

कर्णालीका हिमाली जिल्लामा संधै नुन कै दुख