विष खाएर मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी


जुम्लाको गुठिचौर गाउँपालिका –४ थामबाडा गाउँका मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन् । विष खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन । बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ ।

तीन जना पुरुष र तीनजना महिला बिरामी परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताए । उनका अनुसार बिरामी हुनेमा ४० वर्षका विष्ण बहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु शुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् ।

उनीहरु सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए । उनले भने, ‘भर्खर पलाउन लागेको विष खारएर मरेको भेडाको मासु खाँदा यस्तो भएको हो ।

पहिला पनि यसरी मरेका भेडाको मासु त खान्थ्यौं । हामीलाई केही हुँदैनथ्यो । त्यसैले उनीहरुले पनि खाए । तर बिरामी हुनुप¥यो ।’ बिरामी ६ जनाको अवस्था सामान्य देखिए पनि अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा. रमाकान्त रायले बताए ।’ मासु भर्खरै खानु भएको रहेछ । असर एकदमै चाँडै देखिएको छ,’ उनले भने, ’दुई तीन दिन नहेरी केही भन्न सकिन्न ।’

विष खाएर मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

YUGAAWHAN NATIONAL DAILY (2080-12-29)

विष खाएर मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा