एमाले हुम्ला कमिटीको नवौँ बैठक २९ गते

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) हुम्ला कमिटीको नवौँ पूर्ण बैठक चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आउने मंगलबार बस्ने भएको छ ।

जिल्ला कमिटीको निर्णयअनुसार दक्षिणी क्षेत्रको गाउँपालिका केन्द्र पिप्लाङमा बैठक बस्न लागेको हो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष डबल रावतले फागुन २९ गते जिल्ला कमिटीको नवौँ बैठक चंखेली गाउँपालिका केन्द्र पिप्लाङमा बस्ने बताए ।

बैठकले जिल्ला अधिवेशनको मिति तोक्ने र वडा तथा गाउँपालिका कमिटीको अधिवेशन पनि तय गर्ने उनको भनाइ छ । बैठकका लागि चंखेली गाउँपालिका कमिटीले तयारी गरिरहेको एमाले हुम्लाले जनाएको छ ।

एमाले हुम्ला कमिटीको नवौँ बैठक २९ गते

बुवा खोज्दै छोरी

एमाले हुम्ला कमिटीको नवौँ बैठक २९ गते

प्रचण्डले मतदातालाई धोका दिए : उपसभापति खड्का