घर–आगनमै सीप सिक्दै : युवायुवती


जुम्लाको तातोपानी गाउँपालिका –१ राका गाउँका २१ वर्षीय लाले कामी कक्षा १२ मा पढदै छन् । कुकको काममा रुचि भएका उनी यो काम सिक्न जिल्ला बाहिर राजधानी जाने तयारी गर्दै थिए । तर सदरमुकाम खलंगामै यसको तालिम सञ्चालन भएपछि उनी खुसी छन्।‘मलाई होटलमा कुकको क्षेत्रमै काम गर्ने रुचि थियो,’ उनले भने, ‘काम सिक्न राजधानी ÷ जिल्ला बाहिर जाने तयारी गरिरहेको थिएँ, अहिले जुम्लाको सदरमुकाम खलंगामै निःशुल्क सिक्न पाउँदा खुसी छु ।’
उक्त गाउँकै ३० वर्षीय छविलाल नेपाली गाउँमै सानो होटल चलाउँछन् । उनलाई राम्रोसँग होटल व्यावसाय गर्नेका लागि कुक काम गर्ने इच्छा थियो । ‘होटलको आम्दानीले मात्र घर चलाउन गा¥हो हुँदै गएको छ,’ उनले भने, ‘मलाई नयाँ सीप सिक्ने इच्छा थियो, अहिले कुक सम्बन्धिको काममा निक्कै अवसर पनि छ, खलंगामै तालिम लिन पाउँदा मलाई ढुंगो खोज्दा देउता मिलेजस्तै भएको छ ।’
लाले र छविलाल जस्ता ८ जना युवतीहरूले जुम्लाको सदरमुकाम खलंगामा सुरु भएको २ सय ४० घण्टे कुकिङ्ग सम्बन्धि सीप विकास तालिममा सहभागी भएर आफ्नो भविष्य खोज्दै छन् । यस्तै जुम्लाको तिला गाउँपालिका – ६ कि राइकोसा रोकाया र तिला – २ कि कृष्णकली बुढाले पनि कुकिङ्ग सम्बन्धि सीप विकास तालिम सिकीरहेकी छिन् । तालिममा फापर केक चिजरोल,आलुरोटी र आलुचप लगायत स्थानीय परिकार बनाउन सिकिरहेका छन्।
उनीहरूलाई शिप सिकाउने काम भने जुम्लाको तातोपानी गाउँपालिकाको समन्वयमा वल्डभिजन इन्टरनेशनल जुम्लाले गरेको हो । उनिहरुलाई सीप प्रशिक्षण भने जुम्लाको गुठिचौर गाउँपालिका –३ का चित्रबहादुर बुढाले गरिरहेका छन् ।
बुढा कुबेत, बहराइन, कतार र दुबई लगायतका विदेशका पाँचतारे होटलमा हेल्पर हुँदै कुकसम्म काम गरेको अनुभव र सीप सिकाइरहेका छन्यता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले ग्रामीण भेगका वेरोजगार युवायुवतीहरूलाई लक्षित गरी सञ्चालित तालिमले युवाहरूलाई गाउँमै आत्मनिर्भर हुने अवसर जुटाउने उनीहरू वैदेशिक रोजगारीका लागि जानुपर्ने बाध्यताको पनि अन्त्य हुने बताए ।
सीपमूलक तालिमबाट स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको बताए । ‘एकातिर तालिमले युवाहरू आत्मनिर्भर उन्मुख हुन्छन्, जुम्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानीय परिकारको स्वाद चखाउनुका साथै यहाँ रहेका स्थानीयहरुलाई आत्मनिर्भर वनाउने र समग्र जुम्लाको पर्यन विकासमा टेवा पुग्ने उदेश्य छ ।
जुम्लामा आउने पर्यटक लाई राम्रो बोल्न र सभ्य ब्याबाहर गर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ । आन्तरकि तथा बाह्य पर्यटक आउदाँ अरु लाई पनी एकपटक जुम्ला जानै पर्ने ठाउँ छ है भन्ने सन्देश दिनुपर्ने उनको जोडछ । पर्यटक लाई स्थानीय परिकार खुवाउन र सिकेका कुरा ब्याहारमा लागु गर्नु सीप सिक्नुको ओैचित्य हुनेछ ।






