राप्ती लोकमार्ग दैनिक सात घण्टा बन्द हुने


राप्ती लोकमार्ग अन्तर्गत राम्री –कपुरकोट सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ । राम्री देखि कपुरकोट सडकखण्डको सडक स्तरोन्नति कार्यका लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चैत २६ गतेदेखि २०८० वैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म र राती ९ बजेदेखि राती १२ बजेसम्म सडक बन्द हुने भएको छ ।

साना सवारी साधनका लागि पैयाखोरिया, साताबास किमुचौर हुँदै कपुरकोट सडकको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

राप्ती लोकमार्ग दैनिक सात घण्टा बन्द हुने

सिंजा गाउँपालिकामा कक्षा ८ बाट ४ वटा