बागलुङ पहिरो : ८ जनाको ज्यान गयो, बेपत्ता २ जनाको खोजी चल्दै


बागलुङमा पहिरोमा पुरिएर आठ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका वडा नम्बर ९ र वडा नम्बर १० मा गरी अहिलेसम्म आठ जनाको ज्यान गएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पहिरोमा परी वडा नम्बर १० मा मालती बुढा, मधु बुढा, सञ्जु विकको ६ महिने छोरी, मनोज बुढा, अमन बुढा र मैतीदेवी विक रहेका छन् । यसैगरी वडा नम्बर ९ मा विधान परियार र गङ्गा बस्नेतको ज्यान गएको छ ।

यस्तै पहिरोमा परी वडा नम्बर १० का सात जना घाइते भएका र तीमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमा काठमाडौ पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

पहिरोमा परी थप दुई जना बेपत्ता भएका छन् । अहिले घटनास्थलमा प्रहरी, सेना र बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली उद्धारमा खटिएको छ । छिमेकीहरू सुरक्षित भन्दै पुगेको घर नै पहिरोले बगाएको बरालको भनाइ छ ।

बागलुङ पहिरो : ८ जनाको ज्यान गयो, बेपत्ता २ जनाको खोजी चल्दै

रास्कोट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु

बागलुङ पहिरो : ८ जनाको ज्यान गयो, बेपत्ता २ जनाको खोजी चल्दै

सम्पादकीय : शिक्षा बजेट कार्यान्वयनमा लापरवाही किन