बाढीबाट जोगाउन कृत्रिम घटना अभ्यास

बर्दियामा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन सुरु हुनै लाग्दा हरेक वर्ष बाढीबाट प्रभावित हुने बर्दिया जिल्लामा बाढी कृत्रिम घटना अभ्यास गरिएको हो ।

विपत् व्यवस्थापन समिति बर्दियाको आयोजनामा नेपाली सेना श्री बज्रदल गण गुलरिया बर्दियाले कृत्रिम घटना अभ्यास गरेको छ । मनसुनको समयमा बाढी आइ हालेमा तयारी के कस्तो अवस्थामा छ बाढी आइहालेमा के कस्ता क्रियाकलाप गर्न सकिन्छ भनेर प्रदर्शन गरिएको नेपाली सेना श्री बज्रदल गणले जनाएको छ ।

बाढी आएको समयमा स्थानीय स्तरमा पाइने सामाग्रीहरू प्रयोग गरेर बाढीमा फसेकाहरूलाई उद्धार गर्न सकिने तरिका सिकाइएको थियो । बाढी आउँदा कसरी सञ्चार र समन्वय गर्ने, उद्धारमा कसरी खटिने , बाढीमा फसेकालाई कसरी निकाल्ने लगाएतका कौशलहरू प्रदर्शन गरिएको थियो । बर्दियाको भादा नदिको किनारमा गरिएको कृत्रिम घटना अभ्यासमा डुबेका मानिसहरूको उद्धार, प्राथमिक उपचारको समेत प्रदर्शन गरिएको थियो । कृत्रिम घटना अभ्यासमा जिल्ला विपत् व्यवस्थापन समिति, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, गुलरिया नगरपालिका, संघ संस्था र स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपत् कुनै पनि समयमा आउने भएको हुनाले पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास गरिएको बताए । यो अभ्यासले विपत् पूर्वको तयारी हो । स्थानीय स्रोत साधन र सामाग्रीहरू प्रयोग गरेर कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरा सबैलाई सचेतना फैलाउन खोजिएको छ । उनले बाढी आइहालेमा सबैजना मिलेर त्यसको सामना गर्न तयार रहनुपर्ने बताए ।

बर्दिया जिल्लाका कर्णाली बबई र मान नदीमा बाढी आउने गरेको छ । सदरमुकाम गुलरिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बाढीको उच्च जोखिममा पर्दछन् । बर्दियामा २०७४ सालमा बबई नदिमा आएको बाढीका कारण धेरै धन जनको क्षति भएको थियो ।

बाढीबाट जोगाउन कृत्रिम घटना अभ्यास

वन्यजन्तुका लागि ८३ पोखरी निर्माण

बाढीबाट जोगाउन कृत्रिम घटना अभ्यास

अत्यधिक गर्मीले बाँकेमा बिरामी बढे