डुंगेश्वरलाई दोस्रो पटक रनिङ शिल्ड


जिल्लाको डुंगेश्वर गाउँपालिकाले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वरले जितेको हो । ठाटीकाँध गाउँपालिकामा भएको प्रतियोगिताअन्तर्गत डुंगेश्वरले ८ स्वर्ण, ८ रजत र ५ कास्यसहित कुल २१ पदक जित्दै राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो ।

अघिल्लो वर्ष डुंगेश्वरले ७ स्वर्ण, २ रजत र ५ कास्यसहित १४ पदक जित्दै रनिङ शिल्डको उपाधि जितेको थियो । त्यसबेला प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तहबाट सहभागिता रहेको थियो ।

डुंगेश्वर गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष राजुकुमार खत्रीले गाउँपालिकाले दोस्रो पटक पनि शिल्ड जितेको बताए । शिल्डको उपाधि हात पार्न गाउँपालिका, खेल प्रशिक्षक र खेलाडीहरूको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

पालिकाभित्र खेल पूर्वाधार र खेलाडीहरूको क्षमता विकास गरेर राष्ट्रियस्तरका खेलमा प्रतिस्पर्धा गर्नसक्ने योग्य खेलाडी उत्पादनमा जोड दिइएको खत्रीको भनाइ छ । स्थानीय सरकारलाई समृद्ध बनाउन खेल क्षेत्रलाई पनि मजबुत बनाउनुपर्ने खत्री बताउँछन् ।

खेलकुद विकास समितिका अध्यक्ष गोपालबहादुर बुढाका अनुसार यस वर्षको प्रतियोगितामा दैलेखका ११ मध्ये १० स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दुल्लु नगरपालिका प्रतियोगितामा सहभागिता नभएको बुढाले बताए । ‘दुल्लु नगरपालिका १३ औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि सहभागिता जनाएको थिएन्,’ बुढाले भने । प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ कास्यसहित कुल २१ पदक जित्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वरले जितेको बुढाले बताए ।

उनका अनुसार ६ स्वर्ण, ५ रजत र २ कास्यसहित १३ पदक जित्दै नारायण नगर दोस्रो, कुल ११ पदक जित्दै नौमूले गाउँपालिका तेस्रो भएको छ । प्रतियोगिता अन्तर्गत आठबिस नगर चौथो, ठाटीकाँध गाउँपालिका पाचौँ, गुराँस गाउँपालिका छैठौँ, भैरवी गाउँपालिका सातौँ, महाबु गाउँपालिका आठौँ, भगवतीमाई गाउँपालिका नवौँ र चामुण्डाविन्द्रासैनी नगर दशौँ भएका छन् ।

डुंगेश्वरलाई दोस्रो पटक रनिङ शिल्ड

प्रत्येक वर्ष करिव २० हजार भन्दा बढी

डुंगेश्वरलाई दोस्रो पटक रनिङ शिल्ड

स्याउ उत्पादनमा कमी