दुल्लु १३ मा एमालेका शाही निर्वाचित


दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेको तर्फबाट उम्मेदवार बनेका लालबहादुर शाहीले नेपाली कांग्रेसका शेरबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका शाहीले ५७४ मत प्राप्त गर्दा कांग्रेसका शाहीले ५७१ मत प्राप्त गरे ।
आइतबार भएको उपचुनावमा सहभागी भएका अन्य दल मध्यमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ मत नेपाल मजदुर किसान पार्टीले चार मत, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १३ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको थियो ।






