२०८३ आश्विन १७ गते
×

Now Playing

धुलियाविट–भेडाबारी सडक खण्डमा रुख कटानको अनुमति

सुर्खेत । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले एक हजार बढी रुख कटानको अनुमति पाएको छ । डिभिजन वन कार्यालय सुर्खेतले पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत सुर्खेतको धुलियाविट–भेडाबारी खण्डमा पर्ने झण्डै एक हजार बढी रुख कटानको अनुति दिएको हो ।

उक्त खण्डमा रूख कटानको अनुमति नहुँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध उत्पन्न हुँदै आएको थियो । धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा टाचा लगाइएको छ । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो ।

मदन भण्डारी राजमार्ग (चुलाचुली चुरे राजमार्ग) निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो । नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव एक हजार दुई सय किलोमीटर लामो रहनेछ । यो राजमार्ग झापा बाहुण्डाँगीबाट सुरू भई शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौँडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपाल पुगेर टुङ्गिने छ । सरकारले २०७५ जेठ ६ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीका नाममा निर्माणको स्वीकृति दिएको थियो ।

धुलियाविट–भेडाबारी सडक खण्डमा रुख कटानको अनुमति

झुप्रा जलविद्युत केन्द्रको साढे पाँच विगाह जग्गामा

धुलियाविट–भेडाबारी सडक खण्डमा रुख कटानको अनुमति

रारा तालकाे साैन्दर्यतालाई गिज्याउँदै छाडा पशु चौपाया

Leave a comment

Your email address will not be published. Required fields are marked *