तातोपानी गाउँपालिकाले गीत र लोगो बनाउदै

जुम्ला,१७ माघ ।

तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए ।

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष चौलागाईंले भने, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।”

गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ । छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

तातोपानी गाउँपालिकाले गीत र लोगो बनाउदै

सुर्खेतमा मृत भेटिए युवा

तातोपानी गाउँपालिकाले गीत र लोगो बनाउदै

कर्णालीमा ६ महिनायता ४१ सुत्केरीको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *