वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको हत्या

धनगढी,१७  माघ ।

कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्। मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए।

प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।

सेताेपाटी 

वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको हत्या

YUGAAWHAN NATIONAL DAILY (2079-10-17)

वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको हत्या

सुर्खेतमा मृत भेटिए युवा

Leave a comment

Your email address will not be published. Required fields are marked *