हुम्लामा भिरबाट लडेर एक युवतीको मृत्यु

हुम्लामा १७ वर्षिया युवतीको भिरबाट लडेर मृत्यु भएको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी सुस्मिता शाहीको भिरबाट लडेर मृत्यु भएको हो ।
गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको ज्यान गएको सुस्मिताका आफन्तले बताएका छन् ।
उनी सिमकोट गाउँपालिका–११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।






