अझै असुरक्षित गर्भपतन


जुम्लामा केही वर्ष यतादेखि असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ ।
किशोरी एवं महिला र किशोरीमा अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्ने हरुको संख्या पाइएको हो ।

अनधिकृत रूपमा गर्भपतन गराउँदा गम्भीर समस्या भोग्नुपर्ने अवस्था सृजना भएको छ । यसको प्रमुख कारण आपसी सहमतिमा शारीरिक सम्बन्ध राख्ने, बच्चा नचाहने र छोराकै धार्मिक मुल्यमान्यताले दम्पत्ती तथा किशोरीहरु असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए ।

उनले भने, ‘असुरक्षित गर्भपतनले स्वास्थ्य जटिल बनेपछि अस्पताल धाउने संख्या बाक्लिएको छ ।’ असुरक्षित गर्भपतनको बढ्दो समस्याका बारेमा जिल्ला स्थिति सरोकारवालाहरु संग छलफल गरिएको हो ।

अनिच्छित गर्भ रहेपछि समाज र आफन्तबाट जोगिने ध्येयसँगै चेतना अभावले जथभाबी गर्भपतन हुन थालेको सरोकारवालाको भनाइ छ । यस्ता उदाहरण धेरै स्थानमा भेटिएका छन् । असुरक्षित गर्भपतनका विषयमा चेतना वृद्धि गरी जटिल समस्याबाट जोगाउन सबैले पहल गर्नुपर्छ ।

पुजनले भने, ‘पछिल्लो समय गर्भपतनको समस्या किन बढ्दै गइरहेको छ ? गर्भपतन धेरै कारणले गर्दा हुनसक्छ । कहिले गर्भवती ज्यान बचाउन पनि गर्भपतन गराउनुपर्छ । कहिले गर्भमा रहेका शिशुमा कुनै विकार भएमा पनि गर्भपतन गर्नु जरुरी हुन्छ ।’ भन्ने लगायतका विषयमा आम साचोको विषय बनेको छ ।

डाक्टर रोकायाका अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गर्ने कानुनी ब्यवस्था छ । तर गर्भपत गर्नका लागी ब्यत्ति र संस्था दुबै सुचिकृत भएको हुन पर्छ ।
तर जुम्लामा मेडिकल बाट गर्भपतनको औषधी सेवन गरी रत्तश्रव भएका महिलाहरु उपचारको लागी प्रतिष्ठानमा पुग्ने गरेका छन ।

नियमनकारी निकायले भरपर्दो अनुगमन नगर्दा जुनसुकै औषधि पसलले पनि अनधिकृत रूपमा गर्भपतनको औषधि दिने गरेको पाइन्छ । जिल्ला सरकारी वकिल रेनुका राईका अनुसार हाड नाता र जबरजस्ती करणीबाट गर्भवतन गराउन पाउने कानुनी मान्यता छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्दा अचार्यले महिला माथी हिंसा बढेको बताए । उनका अनुसार मेडिकलबाट बितरण गरिने गर्भपनको औषधी रोक्नु पर्छ । उनले भने, ‘अशिक्षा तथा गर्भ निरोधक चक्कीको प्रयोग बारे जानकारी नहुँदा पनि गर्भपतन गर्नेक्रम बढ्दो छ ।’

लुकीछिपी औषधि बेच्ने पसलेले ग्राहक हेरेर सक्दो ठग्ने गरेका छन् । कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका अनुसार आर्थिक वर्ष २०७९-८०मा गर्भपतन चार सय ९५ वटा रहेका छन । जसमा असुरक्षित गर्भपतन एक सय १३ गरेका छन ।

तिन जनालाई आईस्युमा राखेर उपचार गरिएको छ । त्यस्तै २०८०-८१ मा एक सय ५३ मा गर्भपतन संख्या रहेको छ । जसमा पाँच जनालाई आइस्युमा राखेर उचार गरिएको छ । गर्भवती भएकैमध्ये पनि करिब १५ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका जटिलता सिर्जना हुन्छन् ।

त्यस्ता जटिलताकै कारण नेपालमा हुने मातृ मृत्यु दरमध्ये अधिकांश मृत्यु अत्यधिक रक्तश्रावका कारण हुने गरेको पाइन्छ ।

अझै असुरक्षित गर्भपतन

नारायण भागिरथि समाजसेवाद्वारा सिम्ता क्याम्पस सम्मानित

अझै असुरक्षित गर्भपतन

भूकम्प प्रभावितको तथ्यांक संकलनमा ढिलाईं किन ?