नारायण भागिरथि समाजसेवाद्वारा सिम्ता क्याम्पस सम्मानित


नारायण–भागिरथी समाज सेवा वीरेन्द्रनगर–३, सुर्खेतको आयोजनामा सिम्ता बहुमुखी क्याम्पसलाई एक लाख ७१ हजार रुपैयाँ रकम सहित सम्मान गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको थियोे ।

कार्यक्रममा विशेष अथितिको रुपमा समाजका संरक्षक प्रा.डा.जिबेन्द्रदेब गिरि, सिम्ता गाउपालिकाका अध्यक्ष ऐनबहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा, निवर्तमान अध्यक्ष कविन्द्र कुमार के.सि, निवर्तमान उपाध्यक्ष चन्द्रकला शाही, ऋषि स्मृति प्रतिष्ठितठान सुर्खेतका अध्यक्ष डन्डीप्रसाद शर्मा, नेपालि कांग्रेस सुर्खेतका पुर्ब उप–सभापति टेकबहादुर सिहं,नेकपा एमाले प्रदेश कमिटी सदस्य पुर्ण बहादुर शाहि, नेकपा माओबादी प्रदेश कमिटी सदस्य गणेश बि.क, सिम्ता गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भलाराम पङ्गालि, सिम्ता गाउपालिकाका वडा न ३ का वडा अध्यक्ष लोकबहादुर शाही, वडा न ७ का वडा अध्यक्ष घनबहदुर के.सि, भेरी साहित्य समाज सुर्खेतका अध्यक्ष थानेश्वर लामिछानेको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमको पहिलो सत्रको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल देब गिरिले गरेका थिए, भने संचालन यामराज गिरिले गरे ।

त्यसै गरि दोस्रो शेषणको सञ्चालन क्याम्पस संचालक समितिका अध्यक्ष नेत्रलाल महतारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

सोहि कार्यक्रममा बाङ्लादेशमा सप्पन्न डोरिताने प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल सिम्ता बहुमुखी क्याम्पस एम.एड.दोस्रो सेमेस्टर अध्यनरत खेलाडी जगत महतारालाई सिम्ता क्याम्पसको तर्फबाट सम्मान समेत गरिएको क्याम्पस प्रमुख वकिल वस्नेतले वताए ।

नारायण भागिरथि समाजसेवाद्वारा सिम्ता क्याम्पस सम्मानित

इन्धन भण्डारण स्थल कहिले बनाउने ?

नारायण भागिरथि समाजसेवाद्वारा सिम्ता क्याम्पस सम्मानित

अझै असुरक्षित गर्भपतन