सांसद दिक्पाल शाहीलाई पोस्टर मार्फत प्रश्नः माननीय ज्यू बाटो कहिले बन्छ ?

दैलेख जिल्लाबाट संघीय संसदमा प्रत्यक्षतर्फ निर्वाचित संघीय सांसद दिक्पाल शाहीको पश्चिम सुर्खेतमा पोस्टरलगाएर खोजी गर्न थालिएको पाइएको छ ।


मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्ने भनेर उनको कम्पनीले ठेक्का लिएको भएपनि हालसम्म कालोपत्रे नगरेको भन्दै रुखमा उनको तस्वीरसहितको पोस्टर टाँसिएको हो ।

तस्वीरसहितको फोटोमा माननीय सांसद दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ भनेर प्रश्न गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डअन्तर्गतको साढे १२ किलोमिटर सडक कालोपत्रका लागि एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा कर्णाली सरकारको भौतिक पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको थियो । उनी नेपाली काँगेंसबाट उम्मेदवार बनेर विजयी बनेका हुन् ।

सांसद दिक्पाल शाहीलाई पोस्टर मार्फत प्रश्नः माननीय ज्यू बाटो कहिले बन्छ ?

शे–फोक्सुन्डो ताल पुग्न आधा दर्जन काठको जीर्ण

सांसद दिक्पाल शाहीलाई पोस्टर मार्फत प्रश्नः माननीय ज्यू बाटो कहिले बन्छ ?

चौकुनेको सूर्यतारा सिमेन्ट उद्योग पुनः अघि बढाइने