यी हुन् संघीय बजेटका उद्देश्य र प्राथमिकता

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बजेटको उद्देश्य र प्राथमिकता प्रस्तुत गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले उद्देश्य र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

यी हुन् बजेटका उद्देश्यः

  • अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासि गर्ने
  • गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने
  • लगानीमैत्री वातावरण निर्माण गरी निजीक्षेत्रको मनोबल उच्च पार्ने
  • आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने
  • समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने
  • संघीयताको सवलीकरण र सुशासन कायम गर्ने
  • बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने ।

बजेटका प्राथमिकताः

  • कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास
  • लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुल
  • सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा
  • गुणस्तरीय भौतिक निर्माण, पूर्वाधार निर्माण
  • डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन
  • वातावरण संरक्षण जलवायु परिवर्तन र विपद् व्यवस्थापन
  • मानव संशाधन विकास र रोजगारी सिर्जना
  • वित्तीय क्षेत्र सुधार वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार
  • सार्वजनिक वित्त प्रणालीमा सुधार ।

Leave a comment

Your email address will not be published. Required fields are marked *