दुरसञ्चार सेवामा उपभोक्ता अधिकारका विषयमा छलफल

सुर्खेत । दुरसञ्चार सेवामा उपभोक्ता अधिकार संरक्षण अवस्था र सरोकारवालाहरुको दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिबार वीरेन्द्रनगरमा उपभोक्त हित संरक्षण मञ्च नेपाल र नेपाल दुरसञ्चार प्राधिकरणको अयोजनामा अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्याक्रममा उपभोक्त हिस संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले प्रस्तुतिकरण दिँदै दुरसञ्चार प्रणालीबाट हामीले कस्तो सेवा लिन सकिन्छ र लिएको सेवा कस्तो प्रकृतिको हो त्यसबारे जानकार आम उपभोक्त हुनुपर्ने बताए । साथै उनले उपभोक्तप्रति दुरसञ्चार जिम्मेवार हुनुपर्ने, जिम्मेवार हुनुपर्ने कुरा अरुलाई पनि सिकाउन जरुरी रहेको, सार्वभौसत्ता उपभोक्ताको हितमा हुनुपर्ने लगायतका विषयमा प्रष्ट पारेका थिए । साथै महासचिव तिमिल्सिनाले आफ्नो स्वास्थ्यलाई हानी पुर्याउँने खालका सेवाहरु उपभोक्ताले समयमै चिनेर उपभोग नगर्न पनि सुझाव दिए ।
साथै अन्तरक्रियामा सहभागी सरकोकारवालाहरुले सेवाग्राहीका समस्याहरु सेवाप्रदायक कम्पनिहरुले सुनेर समाधान गर्नुपर्ने जस्ता माग राखेका थिए । सेवासँगै सेवा उपभोग गर्नका लागि सेवाग्राहीलाई शिक्षा दिनुपर्ने सहभागीले जोड दिएका थिए ।


