जुम्लामा एक लाख राशिको वडा कप सुरु

जुम्लाको चन्दननाथ नगरपालिका– ४ को आयोजनामा वडा कप प्रतियोगिता शुरु भएको छ ।

एक लाख रुपैयाँ उपाधि राशि रहेको वडा कप शनिबारदेखि शुरु भएको हो । कार्तिक ११ गतेदेखि शुरु गरिएको खेल २२ गतेसम्म संचालन हुनेछ। लामो समय पछि जुम्लामा फुटबल प्रतियोगिता सञ्चालन भएपछि प्रतियोगितामा खेलाडीहरुको उल्लेखनीय सहभागीता देखाएको चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष नवराज देवकोटाले बताए ।

आठ वटा स्थानीय तह र ६० वटा वडा भएको जुम्लामा उक्त प्रतियोगिता ३० वटा टिम सहभागी भएका छन् । खेल नेपाली सेनाको खेलमैदान, टुडिखेलमा भइरहेको छ। पातारासी, गुठिचौर, चन्दननाथ नगरपालिका, तातोपानी, तिला र कनकासुन्दरी गाउँपालिका भित्रका वडाले भाग लिएका छन् ।

उनले भने, ‘सिंजा र हिमा गाउँपालिकाबाट कुनै पनि वडाको टिमले प्रतियोगितामा सहभागी छैनन् । वडा कप प्रतियोगीतामा प्रथम हुने टिमले एक लाख एक हजार एक सय ११ र द्वितिय स्थान हासिल गर्ने टिमले ५१ हजार एक सय ११ रुपैयाँ उपाधि पाउनेछ ।

प्रत्येक टिममा १८ जना खेलाडी, तीन जना प्रशिक्षक, व्यवस्थापक र मेडिकल अफिसियल गरि २१ जना छन् । प्रति टिमले १५ हजार टिम दर्ता शुल्क लिइएको छ। जसमा चार लाख ५० हजार रुपैयाँ हुन्छ । वडा कपको उद्वघाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्याले गरेका थिए । उनले फुटवल प्रतियोगितामा शान्त र मर्यादापुर्ण खेल खेल्न अनुरोध गरे । खेलाडीले अनुशासनका साथ क्षमता प्रदर्शन गर्नुपर्ने उनको भनाई थियो ।

जुम्लामा एक लाख राशिको वडा कप सुरु

श्रीदेवीले कतारमा रहेका श्रीमानलाई सिमी उखेल्ने काम

जुम्लामा एक लाख राशिको वडा कप सुरु

रारा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिदै