रारा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिदै

रारा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिने भएको छ । विमानस्थल निर्माणको क्रममा भएको पहिलोले क्षति पुगेका जग्गाहरु अधिग्रहण गरिने भएको हो ।
एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, मुगुले जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया अन्र्तगत ११ जना जग्गाधनीको जग्गा अधिग्रहण गरिने जनाएको छ ।

रारा विमानस्थलमा संरचनाहरु निमार्णका क्रममा एवं निमार्ण क्रममा पहिरोले विमानस्थलसँग जोडिएका जग्गामा क्षति पुगेको थियो । पहिरोले विमानस्थलसँग जोडिएका जग्गामा क्षति पुगेकालाई संघीय सरकारकले गत जेठमा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

सरोकारवाला व्यक्तिहरुले घर, टहरा भए सो समेतको मुआब्जा दाबी गर्न नागरिक उड्डयन कार्यालय, ताल्चामा निवेदन दिन अनुरोध गरिएको छ ।

सूचना हेर्नुहोस्ः

रारा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिदै

जुम्लामा एक लाख राशिको वडा कप सुरु

रारा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिदै

मुगुमा हत्या प्रकरण: पोस्टमार्टमका लागि ४ जनाको