घाँस काट्न गएकी एक महिलाको मृत्यु

रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ ।

शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका–६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

सानीभेरी गाउँपालिका–६ का वडा अध्यक्ष पहलसिंह घर्तीका अनुसार स्थानीय छहरे भिरबाट लडेर उनको मृत्यु भएको हो । घाँस काट्ने क्रममा करिब चारसय मिटर माथि भिरबाट लडेको र उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष घर्तीले जानकारी दिए ।

घाँस काट्न गएकी एक महिलाको मृत्यु

एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटिएपछि …

घाँस काट्न गएकी एक महिलाको मृत्यु

भारतको नयाँ व्यवस्थाले नेपालको जलविद्युत्ले राम्रो बजार