एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटिएपछि …


कालीकोटमा एउटै नम्वर प्लेट भएका दुई मोटरसाइकल भेटिएपछि प्रहरीले चालक सहित बाइकलाई नियन्त्रणमा लिएको छ ।
शनिवार कालीकोटको प्रतिमा चोकमा एउटै नम्वर प्लेट भएका दुई मोटरसाइकल फेला परेपछि प्रहरीले चालक सहित तीन जनालाई नियन्त्रणमा लिएको हो । फेला परेका दुवै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२ ०३४ प ३८३० थियो । ति मोटरसाइकलहरु सान्नीत्रिवेणी गाउँपालिकाका स्थानीयले प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।
हाल ट्राफिक प्रहरीले मोटरसाइकलका वारेमा अनुसन्धान शुरु गरेको छ । एउटै नम्वर प्लेटका मोटरसाइकल भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।






