खाँडाचक्रमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

खाँडाचक्र नगरपालिकाले नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरेको छ । नगरपालिकाको वडा नं. ९, पाँखा स्थित जनज्योति माध्यमिक विद्यालयमा प्रतियोगिताको शनिवार उद्घाटन गरिएको छ ।

नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगरपालिका स्थित सम्पूर्ण विद्यालयहरु सहभागि भएका छन् ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना भएको प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाबाट विद्यार्थीहरुलाई सहभागि गराएको छ ।

आगामी कार्तिक २१ गते हुने १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट गर्न नगरपालिकाले नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजना गरेको नगरपालिकाका प्रशासकीय अधिकृत अविराज शाहीले बताए ।

जनज्योति माध्यमिक विद्यालय, पाखाँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबप्रसाद अधिकारीको अध्यक्षता, संविधान सभा सदस्य तुलराज विष्टको प्रमुख आथित्यता तथा कर्णाली प्रदेश सभा सदस्य दुर्गबहादुर रावत, खाँडाचक्र नगर प्रमुख कमलबहादुर शाहीको आथित्यतामा उद्घाटन कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी लगायतको उपस्थित रहेको थियो । नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि अतिथिहरुले प्रतियोगिता सफलताको शुभकामना दिदै लगनशिल र राम्रो खेलाडी छनौट गर्न समेत अनुरोध गरेका छन् ।

खेलाडीहरुलाई आवत जावत गर्नका लागि भने निठै कठिनाई र कष्टकर सडक छ । खाँडाचक्र नगरपालिकाको पिली बजारदेखि वडा नं. ९ पाखा सम्म पुग्नका लागि खनिएको सडक खण्ड भने जिर्ण छ । साघुरो सडक, भिरको बाटोमा गाडी ओहरदोहर गर्न समेत कठिनाई छ ।

प्रशासकिय अधिकृत शाहीले सडक सुधार गर्नका लागि नगरपालिकाले रकम बिनियोजन गरेको बताए । दशैंको बिचमा भएको हुँदा सडक सुधार भएको छैन । लगत्तै सडक सुधार गरेमा रकम भुक्तानी दिने उनले बताए ।

नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागि खेलाडीहरुलाई असहजता भएपनी स्थानीय नागरिकहरुलाई सहजता गर्नका लागि रकम बिनियोज गर्ने उनले बताए ।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले रकम बिनियोजन गरेपनी भौगोलिक कठिनाईका कारण काम गर्न असहजता भएको बताए । अव तत्काल पिली देखि पाखाँ सम्मको सडक सुधार गर्न लागि रकम बिनियोजन गर्ने उनले बताए ।

खाँडाचक्रमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

दशैंको टीका थापेर मामाघरबाट घर फर्किएकाको हत्या

खाँडाचक्रमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

पर्यटकको गन्तव्य बन्दै पेरेगाउँको रातामाटा छहरा (फोटो