सिम्तामा विकास सम्मेलन हुने

सुर्खेत । सिम्ता गाउँपालिकामा विकास सम्मेलन आयोजना गरिने भएको छ । सोमवार गणतन्त्र दिवसका अवसरमा सिम्ता गाउँपालिकाले विकास सम्मेलन गर्न लागेको हो । सिम्ता गाउँपालिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको उपस्थितिमा सिम्ताको दीगो विकासका लागि सुझाव संकलन गर्न सम्मेलनको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सम्मेलनमा सिम्ता क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, शिक्षक, बुद्धिजीवी, संघ संस्था, सहकारी लगायतको सहभागिता रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।

‘समृद्ध सिम्ता, सुखी सिम्ताली’ को स्थानीय आकांक्षालाई पूरा गर्न सम्मेलनबाट आवश्यक मार्गदर्शन मिल्ने गाउँपालिकाको अपेक्षा रहेको छ । यस्तै सिम्ताको शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यमशिलता, पर्यटन लगायतका क्षेत्रमा आवश्यक योजना बनाउन मद्दत पुग्ने पालिका अध्यक्ष ऐनबहादुर चन्दको भनाई छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले त्यसको पूर्वसन्ध्यामा विकास सम्मेलन आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

सिम्तामा विकास सम्मेलन हुने

पुराना पूर्वाधारको नाउँमा विद्युत अनियमित किन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *