पुराना पूर्वाधारको नाउँमा विद्युत अनियमित किन ?

‘हावा चल्ने वित्तिकै बत्ती गायव’को उपमा पाएको नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रसँग पुराना पूर्वाधारका कारण यसो भएको जवाफ मात्रै छ । कोहलपुर-सुर्खेत खण्डमा राष्ट्रिय निकुञ्जको भूगोलले पनि सुर्खेतको वितरण केन्द्रलाई अझ जवाफ दिन थप सहज बनाइदिएको छ । निकुञ्ज क्षेत्रमा विद्युत वितरण प्रणालीमा समस्या आएमा त झन् वीरेन्द्रनगरका नागरिकले बत्ती चाडै सुचारु हुनेमा आस मान्न छाडिसकेका छन् । हावाले पोल ढाल्नु, तार चुँडिनु लगायतका समस्यामा त ठिकै हो, तर न्युन भोल्टेज समस्याको कारणमा प्राधिकरणको जवाफ भने हास्यास्पद छ ।

कम भोल्टेजको समस्या अहिले मात्र होइन । यस अघिका वर्षमा पनि यस्तै नै थियो । तर गत वर्ष २०७९ का सुरुका केहि महिनामा भने वीरेन्द्रनगरवासीले राहत महशुस गरेका थिए । तत्कालिन समयमा तीन एमभिएको ट्रान्सफर्मर भएको सुर्खेतमा दोब्बर ठुलो क्षमताको ट्रान्सफर्मर जडान भएपछि भने नागरिकले राहतको महशुस गरेका थिए । नेपाल विद्युत प्राधिकरणको वीरेन्द्रनगर स्थित बुदबुदी सव-स्टेशनमा २०७९ साउनमा ६ दशमलव आठ एमभिए (मेघा भोल्ट) को ट्रान्सफर्मर जडान गरिएको छ । कम क्षमताको ट्रान्सफर्मरका कारण खासगरी वीरेन्द्रनगरका सबै क्षेत्रमा विद्युत आपूर्तीमा समस्या उत्पन्न भईरहन्थ्यो । सुदुरपश्चिमबाट झिकाइएको सो ट्रान्सफर्मरले भने केहि महिना मात्र विद्युतलाई नियमितता गरेको थियो ।

दोब्बर क्षमताको ट्रान्सफर्मर हुँदा समेत विद्युत अनियमितता हुनुमा प्राधिकरणकै दोष देखिन्छ । गर्मीका समयमा यहाँ विद्युत खपत बढेकोले समस्या सृजना भएको भन्ने प्राधिकरणको जवाफ चित्तबुझ्दो छैन । कणर्ालीमा ठुला उद्योगहरु सञ्चालनमा छैनन् । गत वर्षको साउन पछि केहि साना उद्योगहरु थपिएपनि अहिले त्यति धेरै उद्योगले एकैसाथ विद्युत उपभोग गरेका पनि छैनन् । यसको उदाहरण, यहाँका उद्योगको उत्पादन क्षमता र हाल उनीहरुले उत्पादन गरिरहेको परिमाण समेत हो । नागरिकको घरमा एक-दुई वटा पंखा चल्दैमा दोब्बर क्षमताको ट्रान्सफर्मरलाई गाह्रो भएको भन्नु पनि तर्कसम्मत छैन । होला, पंखाले चिम भन्दा धेरै विद्युत खपत गर्छ । तर बुदबुदी सव-स्टेशनमा जडान भएको दोब्बर क्षमताको ट्रान्सफर्मरलाई धेरै पंखा चाहिन्छन्, जसले यसको क्षमतामा कमी ल्याओस् । आम सर्वसाधारण नागरिकले समेत यस विषयमा त अवविज्ञ भएरै उत्तर दिन सक्छन् । यस वाहेक यहाँको वितरण केन्द्रसँग अर्को जवाफ पनि छ, कोहलपुर प्रशारण केन्द्रबाट नै कम विद्युत सप्लाई भएको । यदि प्राविधिक रुपमा नै यो जवाफमा प्रमाण छ भने, कणर्ालीलाई प्राधिरकणले यसरी हेपाह दृष्किोणले हेर्न मिल्दैन । अरु समय भन्दा गर्मीका समयमा विद्युतको उत्पादन पनि घट्छ । तर अन्य प्रदेशका उद्योगधन्दालाई लक्षित गरेर कणर्ालीमा विद्युत निर्यात कम गर्न भने मिल्दैन । यस विषयमा प्राधिकरणको सुर्खेत स्थित वितरण केन्द्रले चित्तबुझ्दो प्राविधिक जवाफ दिनैपर्छ । यहाँका उद्योगधन्दा प्रभावमा परेका छन्, इन्धनको मूल्य उच्च रहेको समयमा यसरी विद्युत अनियमित हुँदा उद्योगहरुलाई आर्थिक व्ययभार बढेको छ । समस्याका विषयमा विकल्प होलान्, समाधानका बाटोहरु पनि होलान् । तर पुराना पूर्वाधारका नाउँमा विद्युत अनियमितताबाट पन्छिन पनि मिल्दैन । निर्माणाधिन एक सय ३२ केभिए प्रशारण लाइनको पर्खाइमा राख्दै विद्युत अनियमिततालाई वाध्यता बनाउँदा कणर्ालीले यसलाई स्विकार गर्दैन । यस तर्फ यहाँको वितरण केन्द्र सदैव सचेत हुन जरुरी छ ।

पुराना पूर्वाधारको नाउँमा  विद्युत अनियमित किन ?

पहिलो पटक निःशुल्क स्वास्थ्य सेवा

पुराना पूर्वाधारको नाउँमा  विद्युत अनियमित किन ?

सिम्तामा विकास सम्मेलन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *