सडक कब्जा गर्न खोजेपछि दुर्गा प्रसाईँका समर्थकमाथि प्रहरीको बल प्रयोग


गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ । प्रदर्शनकारीले सोमवार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।
नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले सोमवार धार्मिक अगुवालाई उतारेका थिए । धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो ।
यस्तै बाहिर जिल्लाबाट आएका लघुवित्त-सहकारीका ऋणीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । आन्दोलन पाँचौ दिनमा आइपुग्दा अधिकांश घर फर्किसकेकाले प्रदर्शनकारीको संख्या घट्दै गएको छ ।






