३३ निर्माण कम्पनीको इजाजत खारेज (सूचीसहित)

काठमाडौँ । सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि यी कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र खारेज गरिएको जनाएको छ । चैत मसान्तसम्म इजाजत पत्र नवीकरण गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।

खारेज गरिएका निर्माण कम्पनीहरूमा ‘क’ र ‘ख’ वर्गका एक÷एक वटा र बाँकी ३१ वटा ‘ग’ वर्गका छन् । काठमाडौँ महानगरपालिका–२४ का दीपक कुमार श्रेष्ठ र दिवस श्रेष्ठ प्रोप्राइटर-सञ्चालक रहेको पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि ‘क’ वर्गको निर्माण कम्पनी हो ।

त्यस्तै चाल्नाखेलका राधाकृष्ण कार्की सञ्चालक रहेको टौदह कन्स्ट्रक्सन ‘ख’ वर्गको निर्माण कम्पनीको पनि इजाजत पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ। ‘ग’ वर्गका कम्पनीहरू क्रमशः झलक कन्स्ट्रक्सन प्रालि, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सि।एम देवान निर्माण सेवालगायत ३१ वटा कम्पनीको इजाजत पत्र खारेज गरिएको छ।

मन्त्रालयबाट जारी सूचना

३३ निर्माण कम्पनीको इजाजत खारेज (सूचीसहित)

सरकारी कार्यालय बिच नै समन्वयकाे अभाव, विजुलीकाे

३३ निर्माण कम्पनीको इजाजत खारेज (सूचीसहित)

३० करोड लगानीमा स्याउका बगैँचा

Leave a comment

Your email address will not be published. Required fields are marked *