सरकारी कार्यालय बिच नै समन्वयकाे अभाव, विजुलीकाे पाेलमै नाला

सुर्खेत । वीरेन्द्रनगरको मुख्य भाग वीरेन्द्रचोकदेखी खोर्के खोला जाने मुख्य सडक निर्माणको क्रममा विजुलीको पोल नझिकेरै नाली निर्माण गरिएको छ । बीच नालीमै विजुलीको पोल राखेर धमाधम नाली निर्माण भएपछि आलोचना समेत हुन थालेको हो । नाली बिचमै विजुलीको बत्तीको पोलको लस्कर देखिन थालेसंगै प्रदेश सरकारले गर्ने विकास निर्माणको समेत खिल्ली उड्न थालेको छ ।

कर्णाली प्रदेश मातहतको पूर्वाधार विकास निर्देशनालय मार्फत ठेक्का भएको उक्त सडकको नाली निर्माण गर्दा समयमा विद्युत कार्यालयलाई जानकारी नदिदाँ पोल सार्न ढिलाई भएको जनाईएको छ । निर्देशनालयले विद्युत कार्यालयसँग समयमा समन्वय र आवश्यक डकुमेन्ट नदिदाँ पोल सार्न आलटाल भएको हो । विद्युत कार्यालय सुर्खेतले आवश्यक डकुमेन्ट (कागजात) र पोल सार्ने पैसा समेत पूर्वाधार विकास निर्देशनालयबाट नआएकोले पोल सार्ने प्रकृया सुरु नभएको जनाएको छ । खड्का निर्माण सेवा नेपालगंजले १३ करोड ३८ लाख रुपैँमा उक्त सडकको ठेक्का लिएको थियो ।

विद्युत कार्यालयलाई पोल सार्न आवश्यक कागजात सहित पैसा समेत दिईसकेको भएपनि विद्युतले पोल सार्न ढिलाई गरेको पूर्वाधार विकास निर्देशनालय निमित्त निर्देशक ईन्जिनियर रामशरण आर्चायले बताए । तर, विद्युत कार्यालय सुर्खेतका प्रमुख युवराज रावतले स्थानीयहरुको सहमतीसहितको आवश्यक कागजात र पोल सार्दा लाग्ने पैसा समेत जम्मा भएकाले ढिलाई भएको प्रतिक्रिया दिएका छन् । ‘निर्देशनालयबाट चिठी नै ढिला गरी आयो ।

त्यसले मात्रै नभई सार्न लाग्ने पैसा समेत आएको छैन् । स्थानीयहरुको सहमती सहित अन्य कागपत्र ल्याउनु भनेको अहिलेसम्म ल्याउनु भएको छैन् ।’ विद्युत कार्यालय सुर्खेतका प्रमुख रावतले भने, वैकल्पिक पोल गाड्ने ठाउँमा सहमती नहुँदा सडकभित्र कि घरभित्र गाड्नुपर्छ ।’ सम्झौताअनुसार काम गर्ने समय कम भएकाले नाला निर्माण गर्दा पोल नसारिएकोले नालाको काम पोल राखेरै गरिएको खड्का निर्माण सेवाका ईन्जिनियर सुरेश चौधरीले बताए । ‘पोल पछि काट्न मिल्ने भएकाले नालाको काम अघि बढाएको हौ ।’ ईन्जिनियर चौधरीले भने, नालामा पर्ने पोलहरुको बारेमा स्टेमेन्ट विद्युतमा बुझाईसकेका छौं ।’

सरकारी कार्यालय बिच नै समन्वयकाे अभाव, विजुलीकाे पाेलमै नाला

कर्णालीमा छैनन् बाल सुधार गृह

सरकारी कार्यालय बिच नै समन्वयकाे अभाव, विजुलीकाे पाेलमै नाला

३३ निर्माण कम्पनीको इजाजत खारेज (सूचीसहित)

Leave a comment

Your email address will not be published. Required fields are marked *