एकल महिलालाई सन्तान हुर्काउनै सकस


जुम्लाको चन्दननाथ नगरपालिका–१ कुलावाडा गाउँकी ४० वर्षिया हिरा कुलाल गिट्टी कुटेर परिवार पाल्छिन् । उनले १ वर्षअघि पति गुमाइन् । पति मुनबहादुर कुलालको ४३ वर्षको उमेरमा कालगतिका कारण मृत्यु भयो ।
पाँच छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन । हिराको साथमा तीन छोरी दुईवटा छोरा छन् । जेठी छोरी १६ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न हिरालाई निकै सकस भएको छ । छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् ।
अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्, उनले भनिन्,छोराछोरीले भनेअनुसार पु¥याउनुत मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउनैमुस्किल छ । हिराको आखाँबाट दुखका आँसु बगेका थिए । एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । कि कसैको घर,लगाउने,वालुवा बोक्ने नत्र यहीँ ढुंगा संग कुस्ती खेल्नु पर्ने उनको गुनासो थियो ।
हातभरि ठेला परेका छन । अनुहार फाटेको छ । ओेैलाहरु घाउले चिरा चिरा परेका छन् । गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । यदि कसैको लेबर काम गर्न गएपनि दिनको ६ सय कमाई हुन्छ । नत्र हातमुख जोड्न गाह्रो छ । म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ, उनले भावुक हुँदै भनिन्।घरमा पनि दुई भारी खेत छन् ।

दुई भारी पाखो जग्गा छ । त्यतिले ४ महिना पनि राम्रोसँग खान पुग्दैन । उनी बिहान १० वजे देखि बेलुका ५ बजेसम्म गिट्टी कुट्ने गर्छन् । उनी १ वर्ष देखि चन्दननाथ नगरपालिका–५ कालेखोली नजिकै शिक्षा समन्वय ईकाइ कार्यालय जाने गेटमा कर्मथलो बनेको छ ।
छोराछोरी बिहान बेलुकी गासँको बन्दोवस्त गर्न सकस हुन्छ । दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी पु¥याउन सक्दिनन् । कापीकलमकै जोहो गर्नगाह्रो छ,त्यो त,परको कुरा हो उनलाई । पतिको मृत्यु भएको पछि ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दै छु,उनले सुनाइन् । त्यो पनि दुखले फोडेको गिट्टी बिक्री हुदैन ।
सानो बजार छ । झन अहिले चिसो समय सुरु भयो।चिसोले घर,भवन पनि बन्दैनन्।चिसोले गर्दा सिमेन्टले काम गर्दैन, अब फागुन महिना पछि मात्रै काम सुरु हुन्छ । गिट्टी एक ट्याक्टरको चार हजारदेखि पाँच हजार सम्म बिक्री हुने गरेको उनी बताउँछिन् । उनका अनुसार एक ट्याक्टरमा ९० कटी जान्छन् । एक दिनमा सात कटी सम्म कुट्न सकिन्छ ।
पाँच छोराछोरी गाउँको सामुदायिक विद्यालयमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन, उनले भनिन् ।
यता चन्दननाथ –५ की काली ठकुरीको अवस्था पनि उस्तै छ । उनी पनि दुई अघि देखि गिट्टी फोडेर गुजारा चलाइ रहेकोे बताउँछिन् । उनी पनि एकल महिला हुन् । उनले केही महिना ४० हजारको गिट्टी बेचेको सुनाइन् ।






