मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दिलिप ढकाल
छिन्चु (सुर्खेत), ९ असोज ।
छिन्चु–सुर्खेत सडक खण्ड अन्तरगत भेरीगंगा नगरपालिका–१२ को मसिना नजिकै मोटरसाईकल दुर्घटना हँुदा एक जनाको ज्यान गएको छ । गुर्भाकोट नगरपालिका–८ निवासी ४२ बर्षिय उदय थापाको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख मन्दिप चाैहानले जानकारी दिए ।

दिउँसो करिब २ बजेको समयमा मेहेलकुनाबाट सुर्खेत जाँदै गरेको थापा सवार भे ७ प ५८९२ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । घटना लगत्तै थापालाई उपचारको लागि प्रदेश अस्पताल कालागाँउ लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१४ वटा विद्यालयलाई स्मार्ट टिभी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

खगेन्द्र हेडसर एक बर्ष जेल र यातनापछि‍‍‍….