काँक्रेविहार क्लवको अध्यक्षमा रायमाझी चयन


सुर्खेत ।
काँक्रेविहार क्लवको अध्यक्षमा रमेश रायमाझी चयन भएका छन् । मंगलबार आयोजित काँक्रेविहार क्लवको साधारण सभाबाट रायमाझी अध्यक्ष पदमा चयन भएका हुन् ।
यसैगरी उपाध्यक्षमा श्यामकुमार तामाङ्ग, सचिवमा मोहन राना, कोषाध्यक्षमा चन्द्रा रेग्मी, सहसचिवमा पवन राना चयन भएका छन् ।
सदस्यहरुमा प्रदिप थापा, सुदिप रोका, सुपबहादुर शाही र अनमोल भट्टराई चयन भएका छन् । अधिवेशनबाट नौं सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
क्लवका अध्यक्ष चन्द्रप्रकाश शाहीको अध्यक्षतामा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभाले कार्यसमिति चयन गरेको हो । सधारणसभामा सुर्खेतका फुटबल खेलाडी मिनबहादुर थापालाई सम्मान समेत गरिएको छ ।






