मर्यादा नघुँसेको लोकतन्त्र

पुनम वि‍‌.सी. । ‘सवारी’ शब्द ‘आगमन’ भएको छ, सामन्तवादको प्रतिक मानिने अघिल्लो शब्दलाई व्यवहारमा प्रयोग परिवर्तनको अभ्याससँगै हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका नागरिक भएको आभाष गराउछ । संविधानले ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको’ व्यवस्था गरेको छ ।


हालको राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति समेत जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभुत गर्ने व्यवस्था गरेको छ । यसका साथै बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूणर् प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहनुपर्ने संविधानको व्यवस्था हो ।

सिधै विषय प्रवेश गरौ 

पत्रकारिता क्षेत्र आफैमा स्वतन्त्र क्षेत्र हो । स्वतन्त्र क्षेत्र रहँदारहँदै पनि यस भित्र स्वतन्त्रताका समेत धेरै आयामहरु छन् । व्यक्तिको गोपनियताको हक, स्वतन्त्र र सम्मानपूर्वक बाच्न पाउँने अधिकारलाई पत्रकारिता क्षेत्रले सदैव कदर गर्छ । त्यसैले समाचार लेख्दा-लेख्दै होस् या यो लेख झैं विचार लेख्दै गर्दा, यस क्षेत्र सधै तथ्य, सन्तुलन, निष्पक्षता, उत्तरदायित्वलगातयको पक्षमा रहन्छ ।

आजको यस लेखमा लोकतन्त्र र शनिवार सुर्खेतमा भएको एक सडक दुर्घटनाका विषय मात्र समेट्न खोजिरहेको छु । सरासर हेर्दा, कर्णालीका सामाजिक विकास मन्त्री चढेको गाडी र एक जना मोटरसाइकल एक-आपसमा ठोक्किदा गत शनिवार घटेको सडक दुर्घटनाले कता-कता लोकतन्त्रलाई समेत गिज्जाईरहेको आभाष हुन्छ ।
सडक दुर्घटनाले होइन, लोकतन्त्रलाई गिज्जाएको त मन्त्रीको गाडी मर्मतकालागि नागरिकले १५ हजार रुपैयाँ भुक्तानी गरेपछिको घटनाले हो ।

विदेशमा नेपालबाट आएको अर्को मजदुरसँग नेपाली नागरिकको जति आत्मियता हुन्छ । त्यसरी नै उक्त दुर्घटनामा मोटरसाइकल चालकले समेत मन्त्रीसँग त्यति नै आत्मियता खोजेका थिए, होलान् । सडक दुर्घटना वखत नै उनका आँखामा आशु आएका थिए । तर लोकतान्त्रिक राज्यमा मन्त्रीले ति चालकको आँखाको आशु पोख्ने अवसर पाएपनि उनले त्यसो गरेनन् । हो, यहीँ देखिन्छ, लोकतन्त्रलाई संस्थागत गर्ने विषयको वहस ।

नेपालमा वसोवास गर्ने जुनसुकै भाषी, वर्ग तथा नेपाली समुदायले व्यवहारमा नै लोकतन्त्रको आभाष गर्न पाउनुपर्छ । अनि मात्र लोकतन्त्र संस्थागत हुनसक्ला । यसअघिको पञ्चायत व्यवस्थामा समेत हाम्रा अग्रजले यस्तै व्यवहार विरुद्ध आन्दोलन गरेका थिए । त्यसैले राजकीयसत्ता नेपाली जनता आफैले खोजेको हो । माथी उल्लेखित सडक दुर्घटनामा मन्त्रीले त्यसलाई सामान्य रुपमा लिनुपथ्र्यो होला ।

सडक दुर्घटना नजानेरै हुन्छ, सडकका विषय जोडिने हालका कानून समेत आर्कषित होलान् । तर जनताको राजकीयसत्ता स्थापनाका लागि अमुल्य मतदान नै गरेर हामीले हाम्रा प्रतिनिधिलाई कानून संशोधन तथा यसको कार्यान्वयन गर्न पठाएका पनि छौँ । शनिवार भएको सडक दुर्घटनामा मन्त्री आलोचित बनेका छन् । जनताले नै मतदान गरेर पठाएको, सेवा-सुविधा पनि दिएको तर आफुले चढेको गाडी मर्मतका लागि जनताबाट नै रकम लिदा मात्र उनी नागरिक स्तरमा आलोचित बनेका हुन् ।

योसँगै लोकतन्त्र स्थापनाका लागि आफुलाई अब्बल ठहराउने अवसर पनि उनले गुमाए । दुर्घटनापछि मोटरसाइकल चालकलाई उनको स्वास्थ्य अवस्थाको सोधपुछ तथा आवश्यक खण्डमा अस्पताल भर्ना, मातहत रहेका प्रहरीलाई निर्देशन दिएर ति यात्रुको सुरक्षित गन्तव्यका लागि समय दिएको भए उनी अहिले नागरिक स्तरमा धन्यवादको पात्र हुनेथिए । राजनैतिक क्षेत्रमा, खासगरी समाजसेवाको भाव ज्यादै महत्वपूणर् हुन्छ ।

समाजसेवीले सेवा क्षेत्रमा तल्लिन हुँदा आफ्ना व्यक्तिगत अधिकार, स्वतन्त्रतालगायत धेरै विषय गुमाउने गर्छन् । समाजसेवा त्यो क्षेत्र हो, जहाँ गुमाएर मात्र नागरिकको मन कमाईन्छ । यस अघि तथा नेपालको वर्तमान राजनिति क्षेत्रका व्यक्तिले आफ्नो उमेर, शैक्षिक अवसर, पारिवारिक सम्वन्धलगायतका धेरै विषयलाई त्यागेर मात्र नागरिक स्तरमा छाएका छन् ।

तोडफोड कि सडक दुर्घटना ?

अहिले सामाजिक सञ्जालले व्यक्तिको स्वतन्त्र अभिव्यक्तिलाई कुन हदसम्म लिएको छ, त्यो अध्ययनको विषय पनि हो । पहिले पहिले सामाजिक सञ्जालमा केहि लेखिदियो भने नागरिकहरु त्यसैमा बढि विश्वास गर्थे । अहिले केहि यस्ता अभिव्यक्तिहरु पनि आईरहन्छन्, जसले चोकमा जादु देखाउने नागरिकले जुटाउने एकपक्षिय अवोध प्रशंसक मात्र जुटाउछन् ।

यस विच ‘वाच डग’को भूमिकामा सामाजिक सञ्जालमा राखिएका विषयवस्तुको तथ्य, सन्तुलन, निष्पक्षता, उत्तरदायित्वलगायत जाँच्नेहरु पनि हुन्छन् । आईतवार साँझको समयमा सडक दुर्घटनाका विषयमा मन्त्रीको सचिवालयबाट सामाजिक सञ्जालमा व्यक्त भएको आरोपपत्रले समेत ‘वाच डग’को भूमिका निर्वाह गरेकाहरुलाई आश्चर्यमा पारेको छ ।

‘सरकारी सम्पत्ति तोडफोड गर्न कसैलाई छुटकारा छैन्’ भन्ने सामाजिक सञ्जालमा आएको अभिव्यक्तिले यहाँ नागरिक स्तर साँच्चै आश्चर्यमा परेको देखिन्छ । जनताका नेतृत्वपंक्ति मौन रहने र उनका सयोगीहरुले नागरिकमाथी दम्भ देखाएर सशंकित पार्ने गतिविधिले लोकतन्त्रको व्यवहारिक कार्यान्वयनमा समेत असर पारेको छ ।

सचिवालयमा नघुसेको मर्यादा
यो घटना मात्र होइनन्, यसअघि सुर्खेतमा आम नागरिक र मन्त्रीका सचिवालयका कर्मचारीविच द्वन्द्वको स्थितीको सिर्जना समेत भएकै हुन् । मन्त्रीको सचिवालयका सुरक्षा, सवारी चालक, स्वकीय सचिवलगायतले नागरिक स्तरमा राम्रो सम्वन्धको सिर्जना गर्न नसकेको देखिन्छ ।
सचिवालयका कर्मचारीले मर्यादाको पालन गर्न नसक्दा वा मन्त्रीको स्थान आफै प्रयोग गर्ने ईच्छा राख्दा नागरिक स्तरमा स्ययम् मन्त्री वा जनप्रतिनिधि नै बदनाम हुनु परेको छ ।

विकल्प के हो ?

लोकतान्त्रिक मूल्य मान्यता बोकेको दलबाट प्रतिनिधित्व गर्ने राजनैतिक व्यक्तित्व नै घटनालाई नदेखेको गरे जसरी मौन बसिदिदा नागरिकमा शंका उत्पन्न हुने बाटोहरु खुल्छन् । यसले नेतृत्वपंक्तिप्रति जनताको सकारात्मक दृष्टिकोण निर्माणमा सघाउँ गर्दैन । समयमा नै सामाजिक विकास मन्त्रीले घटनाको सहज अवतरणका लागि नेतृत्व लिदै उत्तरदायी भूमिका निर्माण गर्नुपर्छ । यसले उनीप्रति जनताको धारणालाई थप सकारात्मक बनाईदिनेछ । अन्यथा यस घटनाले उनी र उनको पद्धतीमा समेत प्रश्न चिन्हहरु उठिरहनेछन् ।

मर्यादा नघुँसेको लोकतन्त्र

कर्णालीकाे पुँजीगत खर्च नौ महिनामा २२ प्रतिशत

मर्यादा नघुँसेको लोकतन्त्र

YUGAAWHAN NATIONAL DAILY (2080-01-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *