चिसोबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरे । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको र भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
‘पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने । तापक्रम घटेकाले काठमाडौँमा अत्याधिक चिसो बढेको छ ।
दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ ।






