केपी ओली कप राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा कर्णालीको पहिलो जित


पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा कर्णालीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडलाई चार विकेटले पराजित गरेको हो ।

आयोजकले दिएको एक सय १० रनको लक्ष्य कर्णालीले ११ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट सर्वाधिक ४३ रनको योगदान गरे । प्रकाश जैसीले १९ र निश्चल रावलले १५ रन बनाए, भने अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयोजक मदन भण्डारी रेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँद एक सय नांंै रन बनाएको थियो । उसका लागि रोशन गौतमले अविजित ३० रन जोडे भने निश्चल ज्ञवालीले १९, अंकित बिएमले १८, निर्मल थापाले १७ र सेहजाद आलमले १६ रन बनाए ।

मदन भण्डारी रेड र कर्णाली यसअघिका खेलमा बागमती प्रदेशसँग पराजित भएका थिए ।

केपी ओली कप राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा कर्णालीको पहिलो जित

देउसीभैलो खेलेर जम्मा भएको रकम भूकम्प प्रभावितलाई

केपी ओली कप राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा कर्णालीको पहिलो जित

चिसोबाट जोगिन दाउराको जोहो गर्दैः जुम्लाका महिला