बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते


रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्बरको बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।
परियारको घटनास्थलमै मृत्यु भएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए ।
घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहेका छन् । घाइते दुवै जनाको आठबिसकोट राडीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।






