बढी मूल्यमा ग्यास बेचे कारबाही हुने


नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही हुने बताएको छ ।
आइतवार एक सूचना जारी गर्दै निगमले एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही हुने बताएको हो ।
‘ग्यास उद्योगदेखि ५० किलो मिटरको परिधिभित्र एलपी ग्यासको खुद्रा मूल्य १८ सय ९५ तोकिएको छ। तर, व्यापारीले तोकेभन्दा बढी मूल्य लिएको सूचना बाहिरिएको छ,’ निगमद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रचलित ऐन बमोजिम कारबाही हुन्छ।’
उद्योगदेखि ५० किलो मिटरको भन्दा बढी दूरी भएका स्थानहरूमा ढुवानी भाडा समायोजन गरी बिक्रेताले खुद्रा मूल्य तय गर्न पाउँछन् ।
तोकिएको मूल्यभन्दा बढी नतिर्न पनि निगमले उपभोक्तालाई अनुरोध गरेको छ । यदि बढी लिएको पाइए निगममा जानकारी गराउन आग्रह गरेको छ ।






