चिसो बढ्दा दिउँसो दुई बजेपछि आगो ताप्छन् हुम्लावासी


हुम्ला सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार बासीहरूलाई दिउँसो दुई बजेपछि आगो तापेर दिन कटाउनु पर्ने बाध्यता रहेको छ ।

कर्णाली नदीको खोचमा सर्केगार्ड बजार रहेको कारण दिउँसै घाम अस्ताउने भएकोले चिसो बढी हुने भएकोले स्थानीयलाई आगो तापेर न्यानो पार्नुपर्ने बाध्यता रहेको हो ।

सर्केगार्ड बजारकी जानकी शाहीले बिहान साढे आठ बजे घाम लागेर दुई बजे अस्ताउने भएको कारण चिसो बढी हुने भएको कारण आगो ताप्नुपर्ने बाध्यता रहेको बताइन् ।

सर्केगार्ड बजार कर्णाली नदीको छेउमा रहेको र जुन निक्कै खोचमा रहेको छ । बिहान भरी जमिनमा चिसोको कारण तुसारो लागेर चिसो हुनुका साथै जमिन सेताम्मे हुने गरेको छ । मौसम सफा भए पनि सर्केगार्डका स्थानीयलाई प्रत्येक दिन यसरी नै आगो तापेर दिन काट्नु पर्ने बाध्यता रहेको छ ।

चिसो बढी हुने भएको कारण स्थानीयवासीलाई आगो ताप्नुको अन्य विकल्प छैन । उनले घाम चाँडै अस्ताउने भएको कारण चार बजेपछि तापक्रम पनि माइनस तीनदेखि चार डिग्री सेल्सियसमा झर्ने गरेको छ । किडार्क नेपालको हुम्लामा कार्यरत कर्मचारी संरक्षण शाहीले दिउँसै घाम अस्ताउने भएको कारण कार्यालयको कोठामा काम गर्न नसकिने भएको कारण आगो ताप्दै काम गर्नु परिरहेको बताए ।

उनले बेलुकीपख चिसो बढी हुने भएको कारण स्थानीयले आगन आगनमा आगो बालेर ताप्ने गरेको बताए । स्थानीयले दुई बजेपछि आ–आफ्नो आगनमा आगो तापेर बस्नु सामान्य जस्तै भएको छ । चिसो छल्न पनि आगो ताप्नुको स्थानीयलाई अन्य विकल्प देखिँदैन । चिसो बढी हुने भएको कारण नबजात शिशुहरूलाई घाम अस्ताएपछि घर बाहिर ल्याउने गरिएको छैन ।

हिउँदे याममा सधै चिसो हुने सर्केगार्ड बजारमा यसवर्ष धेरै चिसो बढेको स्थानीयको अनुभव रहेको छ । यहाँ दुई सयभन्दा बढी घरधुरी रहेका छन् । चिसोले गर्दा नै रुघाखोकी र निमोनियाका बिरामीहरू बढी रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

चिसो बढ्दा दिउँसो दुई बजेपछि आगो ताप्छन् हुम्लावासी

मुगुमा जातीय भेदभाव गर्ने दुई जना पक्राउ

चिसो बढ्दा दिउँसो दुई बजेपछि आगो ताप्छन् हुम्लावासी

भूकम्पपीडितका लागी अस्थायी टहरा बनाउँदै तरुण दल