जुम्लाकाे गुठिचाैरमा घोडादौड प्रतियोगिता

जुम्लाकाे गुठिचाैरमा फुलपातीको अवसरमा घोडादौड प्रतियोगिताको आयोजना सम्पन्न भएकाे छ। गुठिचाैर-२ स्थित गुठिचौर युवा कल्वको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हाे । प्रतियोगितामा गुठिचाैर गाउँ पालिका वडा-२ का लक्ष्मी बोहोरा प्रथम, १ का प्रकाश रोकाया द्वितीय र कालिबहादुर बोहोरा तृतीय भए भने रविन्द्र बोहोराले सान्त्वना पुरस्कार पाए। प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश आठहजार, ६ हजार, ४ हजार र १ हजार नगद प्रदान गरिएको थियो।

विजयी घोड चडीहरुलाई राष्ट्रिय घोडचडी महासंघले एक/एक ब्लांकेट र ज्याकेट प्रदान गरेको २ का वडा सदस्य भीम बहादुर बोहोराले जानकारी दिए।फूलपातीको अवसरमा गरिएको प्रतियोगिताले परम्परागत यातायातको साधनकाे रुपमा परिचित जुम्ली घाेडाकाे थप प्रवर्द्धन गरेकाे गुठिचाैर युवा क्लबका अध्यक्ष रतनसिंह बाहाेराले बताए।’जुम्ली घाेडा संरक्षण र चर्चित पर्यटकीय क्षेत्र गुठिचौरकाे प्रवर्द्धनका लागि प्रतियोगिता गरिएकाे हाे’ उनले भने, ‘अपेक्षा गरिएकाे भन्दा बढी सहभागिता भयाे।

यसले जुम्ली घाेडाकाे क्रेज घटेकाे छैन भन्ने देखिन्छ।छाेटाे समय अवधिकाे तयारीमा प्रतियाेगिता गरिएकाे हुँदा खुला दाैड प्रतियोगिता मात्रै भएकाे अध्यक्ष बाेहराले बताए। उनका अनुसार प्रतियोगितामा ५१ घोडा सहभागि भएका थिए।

 

जुम्लाकाे गुठिचाैरमा घोडादौड प्रतियोगिता

जुम्लामा घोडा प्रतियोगिता, विकास ऐडीको घोडा प्रथम

जुम्लाकाे गुठिचाैरमा घोडादौड प्रतियोगिता

विजया दशमीको शुभकामना !