राष्ट्र बैंककाे आयोजनामा अन्तरबैंक फुटसल प्रतियोगिता

सुर्खेत । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गरिएको छ । रास्ट्र बैंकको सुर्खेत शाखाद्वारा आयोजित दोस्रो कर्णाली प्रदेशस्तरिय प्रतियोगिता शनिवार वीरेन्द्रनगरमा आयोजना गरिएको हो ।

१४ वटा बैंकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड विजेता बन्दा प्रभु बैंक उपविजेता बनेको छ । नकआउट चरण अन्तर्गत भएको खेलको सेमिफाइनलमा ग्लोबल आइएमइ, हिमालयन, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पुगेका थिए ।
यस्तै उक्त खेलको उत्कृष्ट खेलाडी प्रभु बैंकका सुरेन्द्र लामा घोषित हुँदा सर्वाधिक गोलकर्ता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका खेमराज गिरी, उत्कृष्ट गोलकिपर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका योगेन्द्र सिंह ठगुन्ना बने । कायममुकायम कार्यालय प्रमुख पूणर्बहादुर मौरती नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश खेलकुद विकास परिषद् उपाध्यक्ष प्रमोद हमाल, अतिथि बैंकर्स एशोसिएसन कर्णाली प्रदेश साथै कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुखहरु रहेका थिए ।






