२० वर्षभित्र भेरी किनारलाई आधुनिक सहर बनाउने उपप्रधानमन्त्री खड्काकाे घाेषणा

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २० वर्षभित्र भेरी किनारमा आधुनिक सहर निर्माण गरी नयाँ पुस्तालाई नासाेका रूपमा हस्तान्तरण गर्ने घाेषणा गरेका छन् ।


शुक्रबार सुर्खेतकाे गुर्भाकाेट नगरपालिकामा भेरीगंगा आधुनिक शहर परियाेजना कार्यालयकाे उद्घाटन गर्दै खड्काले स्थानीय नागरिकहरूसँगकाे छलफलपछि मन्त्रिपरिषद्ले गुरूयाेजनालाई कानुनी रूप दिने बताए ।

सरकारले आर्थिक वर्ष ०६८/०६९ काे नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुना आधुनिक शहर निर्माणकाे घाेषणा गरेपनि झण्डै १० वर्षपछि आयाेजना कार्यालयकाे स्थापना गर्दै । खड्काले आधुनिक शहरकाे गुरूयाेजना निर्माणकाे काम अघि बढिरहेकाे बताए ।
`मानिसकाे जीवनमा सबै खालका सुविधा र अवसरहरू याे शहरबाट उपलब्ध गराउने उद्देश्य हामीले लिएका छाैं,´ खड्काले भने, `देशका अन्य क्षेत्रले भेरी किनारकाे नयाँ शहरबाट सिक्ने र आफ्नाे क्षेत्रमा लागू गर्न सक्ने बनाउँछाैं ।´

उनले स्थानीय तहलाई गुरूयाेजना अनुसार काम गर्न निर्देशन दिए । `विकास निर्माणका कामहरू गर्दा कम्तिमा एक सय वर्षलाई साेचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,´ उनले भने, `अहिले स्थानीय तहले गरेका विकास-निर्माणका कामहरू दीर्घकालीन छैनन् ।´

भेरी किनारमा निर्माण हुन लागेकाे नमूना आधुनिक शहरका लागि बजेटकाे अभाव हुन नदिने दावि गर्दै खड्काले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए । उनले नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूनाकाे शहर ११ ओैं शहर भएकाे बताए । नयाँ शहर याेजनाले भेरीगंगा, गुर्भाकाेट र लेकवेशी नगरपालिकालाई समेट्ने छ ।

भेरीगंगा उपत्यका नमूना आधुनिक शहर कार्यालयका निमित्त आयाेजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्व हाराहारीकाे लागतमा नयाँ शहर बन्नेछ ।

२० वर्षभित्र भेरी किनारलाई आधुनिक सहर बनाउने उपप्रधानमन्त्री खड्काकाे घाेषणा

सरकारसँगको सहमती कुर्दै बादी समुदाय

२० वर्षभित्र भेरी किनारलाई आधुनिक सहर बनाउने उपप्रधानमन्त्री खड्काकाे घाेषणा

जुम्लामा दुई सय ४१ जनाको आँखा अप्रेशन

Leave a comment

Your email address will not be published. Required fields are marked *