जाजरकोटका २२ रुटमा नयाँ भाडाँदर कायम (सूची सहित)


जाजरकोटमा नयाँ भाडादर कायम भएको छ । यातायात व्यवस्थापन समितिको बैठकले जाजरकोटका २२ रुटमा नयाँ भाडाँदर कायम गरेको छ ।
नयाँ भाडादर अनुसार खलङ्गा–छेडा रुटमा ३६ किलोमिटर यात्रामा बसका लागि एक सय ५० रुपैयाँ र जीपको एक सय ९० रुपैयाँ रहेको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार अध्यक्षतामा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
त्यसैगरी जाजरकोट खलङ्गा–फेरा रुटमा २४ किलोमिटरको यात्रामा बसमा एक सय रुपैयाँ र जीपमा एक सय ५० रुपैयाँ काडा दर कायम गरिएको छ । खलङ्गा–कुदुको रुटमा १६ किलोमिटरको दुरीलाई बसमा ६० रुपैयाँ र जीपमा एक सय रुपैयाँ, खलङ्गा–पिपेको रुटमा १० किलोमिटर दुरीलाई बसमा ६० रुपैयाँ र जीपमा एक सय रुपैयाँ, खलङ्गा–रावतगाउँको रुटमा आठ किलोमिटर दुरीलाई बसमा ४५ रुपैयाँ र जीपमा ६० रुपैयाँ भाडा दर कायम गरिएको छ ।
खलङ्गा–रिम्नाको रुटमा १६ किलोमिटर दुरीलाई बसमा एक सय रुपैयाँ र जीपमा एक सय ३० रुपैयाँ, खलङ्गा–जगतीपुरको रुटमा २५ किलोमिटर दुरीमा बसमा एक सय २० रुपैयाँ र जीपमा एक सय ६० रुपैयाँ भाडादर कायम गरिएको छ ।
खलङ्गा–बुरुङ्गे रुटमा ३४ किलोमिटर दुरीलाई बसमा एक सय ५० रुपैयाँ र जीपमा दुई सय रुपैयाँ, खलङ्गा–स्याउली रुटमा ३६ किलोमिटर दुरीलाई बसमा एक सय ८० रुपैयाँ, जीपमा दुई सय २० रुपैयाँ, खलङ्गा–कालीमाटी रुटमा ३६ किलोमिटर दुरीलाई बसमा तीन सय रुपैयाँ, जीपमा तीन सय ५० रुपैयाँ, खलङ्गा–राडीबजार रुटमा ४० किलोमिटर दुरीलाई बसमा तीन सय ५० रुपैयाँ र जीपमा चार सय रुपैयाँ भाडादर कायम भएको छ ।
खलङ्गा–पाँचकटिया रुटमा ३० किलोमिटर दुरीलाई बसमा चार सय रुपैयाँ, जीपमा चार सय ५० रुपैया, खलङ्गा–सुवानाउली रुटमा ६६ किलोमिटर दुरीलाई बसमा चार सय ८० रुपैयाँ र जीपमा पाँच सय २० रुपैयाँ भाडा दर कायम भएको छ । खलङ्गा–चिसापानीको रुटमा बसमा तीन सय रुपैयाँ र जीपमा तीन सय २० रुपैयाँ, खलङ्गा–मटेला रुटमा बसमा ४० रुपैयाँ र जीपमा ५० रुपैया, खलङ्गा–थलहबजार रुटमा बसमा तीन सय ८५ रुपैयाँ र जीपमा चार सय २० रुपैयाँ भाडा तोकिएको छ । खलङ्गा–तल्लुबजार रुटमा बसमा सात सय ८० रुपैयाँ र जीपमा आठ सय ३० रुपैयाँ, छैडा–सुवानाउली रुटमा बसमा तीन सय २५ रुपैयाँ र जीपमा तीन सय ५० रुपैयाँ, पाँचकटिया–कुसे रुटमा बसमा तीन सय रुपैयाँ, थलह–बाटुल्ले रुटमा बसमा एक सय ३० रुपैया र जीपमा एक सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ ।
त्यसैगरी स्याउली–कार्की गाउँ रुटमा बसमा दुई सय ५० रुपैयाँ र जीपमा दुई सय ८० रुपैयाँ, छेडा–शिबालय रुटमा बसमा दुई सय ५० रुपैयाँ र जीपमा दुई सय ८० रुपैयाँ कायम गरिएको सुर्खेत यातायात व्यवस्थापन समितिले जनाएको छ ।






