कर्णाली सरकारमा कांग्रेस सहभागी, माओवादीसहित चार मन्त्रीले लिए शपथ

सुर्खेत । नेपाली कांग्रेस पार्टी केन्द्रको आन्तरिक विवादका कारण बुधबार रोकिएको कर्णाली मन्त्रिपरिषद् विस्तार बिहीबार भएको छ । मुख्यमन्त्री रामप्रसाद शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै चार मन्त्री थपेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखबाट शपथग्रहण गरेका छन् ।

मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मन्त्री पदको शपथ लिए । नवनियुक्त मन्त्रीले शपथ लिएसँगै प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस सरकारमा सहभागी भएको छ ।

बुधबार हुने भनिएको शपथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित राजीवविक्रम शाहले पार्टीको मर्यादाक्रमविपरीत मन्त्री सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएपछि पार्टी केन्द्रको हस्तक्षेप गरेको थियो । यद्यपि पार्टी केन्द्रको हस्तक्षेप भए पनि बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँगको छलफलपछि सिफारिस भएका तीनै जनाले शपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रेदशसभा ‘क’बाट निर्वाचित वेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ख बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने गरी मुख्यमन्त्री राजकुमार शर्मासमक्ष नाम सिफारिस गरेको थियो ।

गत पुष २७ गते नेकपा एमाले र माओबादीबीच भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय एउटै बनाउने निर्णय भएको थियो । तर, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय फुटाएर भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलसोत मन्त्रालय बनाउने निर्णय भएपछि उर्मिला विकले ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित शपथ लिएकी हुन् ।

कर्णाली सरकारमा कांग्रेस सहभागी, माओवादीसहित चार मन्त्रीले लिए शपथ

रुकुमपश्चिममा बेलिब्रिज भाँचिदा चार जना गम्भिर घाइते

कर्णाली सरकारमा कांग्रेस सहभागी, माओवादीसहित चार मन्त्रीले लिए शपथ

इन्धनको मूल्य घट्यो, यातायातको भाडा उस्तै

Leave a comment

Your email address will not be published. Required fields are marked *