असोजमा मात्र सुर्खेतमा ९२६ जनाले राहदानी बनाए


गत असोज महिनामा सुर्खेत स्थित जिल्ला प्रशासन कार्यालयमा नौं सय २६ जनाले राहदानी सेवा लिएका छन् । यस अघिका दुई महिनाको तुलनामा यो संख्या करिव ४८ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को साउन र भदौ महिनामा राहदानी तर्फ ‘इ–पासपोर्ट’का लागि एक हजार आठ सय ९१ जनाले सेवा लिएका थिए । चालु आर्थिक वर्षको तीन महिनामा सुर्खेत प्रशासन मार्फत कुल दुई हजार आठ सय १७ जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जनाएको छ ।
गत साउन महिनामा एक हजार ८८ र भदौ महिनामा आठ सय तीन जना नागरिकले राहदानी सेवा लिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतद्वारा जारी सूचनामा उल्लेख छ ।






