दिवा खाजामा स्थानीय उत्पादन प्रयोग बारे छलफल

सुर्खेत । कर्णाली प्रदेशमा रहेका स्कुले बालबालिकालाई दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्ने विषमा छलफल भएको छ । शुक्रवार विश्व खाद्य कार्यक्रमको प्रतिनिधि मण्डलले कणर्ालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहसँग छलफल गरेको छ । शुक्रबार बिहान मन्त्रालयमा भएको छलफलमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिइने दिवा खाजामा स्थानीय उत्पादनलाई नै प्रयोग गर्नेबारे छलफल भएको हो ।

डब्लूएफपीका कन्ट्री डिरेक्टर बोर्बट कोस्काले विद्यालय खाजामा स्थानीय उत्पादनलाई जोड दिएमा कृषकलाई पनि उत्पादनमा प्रेरित गर्ने बताए । उनले स्थानीय उत्पादन प्रयोग गर्दा बालबालिकाले स्वस्थ र पौष्टिक खानेकुरा पाउने विश्वास लिएको जनाए । कर्णालीका बालबालिकामा देखिने कुपोषणलाई न्यूनिकरण गर्न पनि विद्यालय खाजामा स्थानीय उत्पादन नै प्रयोग गर्नु राम्रो हुने बताए । उनले दिवा खाजा कार्यक्रमका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रम कर्णालीका १५ पालिकामा भइरहेको र आगामी दिनमा सबै पालिका विस्तारको योजनामा रहेको जानकारी दिए ।

विश्व खाद्य कार्यक्रमका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री सिंहले छलफल प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सहयोगी र महत्त्वपूणर् हुने बताए । विश्व खाद्य कार्यक्रमले कर्णालीमा गरिरहेको काम अझ परिणामखुमी र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

त्यसका लागि सरकारले आवश्यक समन्वय गर्ने आश्वासन दिए । कर्णाली प्रदेश सरकारले पनि खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य लिएकाले विश्व खाद्यको परियोजना सहयोगी बन्ने बताए । कर्णालीलाई कुपोषणमुक्त बनाउन र बालिबालिकालाई स्वस्थ बनाउन सरकारले विशेष ध्यान दिने मन्त्री सिंहले प्रतिवद्धता जनाए ।

दिवा खाजामा स्थानीय उत्पादन प्रयोग बारे छलफल

YUGAAWHAN NATIONAL DAILY (2080-02-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *